कार्तिक २२,काठमाडौं | कास्की क्षेत्र नं.३ मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा देखिएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ |
उक्त तस्बिर कास्की क्षेत्र नं.३ बाट नेकपाकी उम्मेदवार बिद्या भट्टराईको हो | आफ्नो ब्याग एक युवालाई बोकाएको प्रति निकै टिप्पणी भइरहेको छ |आफ्नो ब्याग समेत बोक्न नसक्ने नेताबाट जनताले के अपेक्षा गर्ने भन्दै सामाजिक संजालमा उनको आलोचना धेरैले गरेका छन् |
धेरैले भट्टराईले कायकर्तालाई झोला बोकाएको भनेता पनि उक्त झोला बोकिदिने अरु कोही नभएर स्व.रविन्द्र अधिकारीका माइला भाई उनकै देवर दिपेन्द्र अधिकारी हुन् |