2026-08-24 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पनि भारतीय हस्तक्षेप विरुद्ध नेविसंघको विरोध जुलुस

चिसाङ शेर्पा | कार्तिक २५, खोटाङ | भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछि खोटाङमा विधार्थीहरुले विरोध जुलुस निकालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ दिक्तेल बहुमुखी क्याम्पस इकाई समितिले सोमबार दिक्तेलबजारमा भारतीय हस्तक्षेप विरुद्धमा चर्को नाराबाजी गर्दै विरोध जुलुस निकालेका हुन् ।

दिक्तेलबजारको सरस्वती माविको गेट नजिकबाट चर्को नाराबाजाी गर्दै सिमा मिच्न पाइन्दैन, हाम्रो माटो हाम्रो देश प्राण भन्दा प्यारो छ, कैले गौतमबुद्ध कैले सिमा कहाँ हुन्छ देशको विमा, भारतीय हस्तक्षेपको विरुद्धमा जवाफ दिन घुंडा नटेक सरकार जस्ता नारा लेखिएका प्लेकार्डसहित विधार्थीहरुले विरोध जुलुस गरेका थिए । वेसक्याममा पुगेर कोणसभामा परिणत भएको विरोध जुलुसलाई नेविसंघका जिल्ला सह सचिव किसन भुजेल, नेविसंघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर संयोजक मोतिचन्द्र राई र दिक्तेल बहुमुखी क्याम्पस इकाई समिति सभापति सुमनवावु आचार्यले सम्बोधन गरेका थिए । 

सम्बोधनका क्रममा विधार्थी नेताहरुले नेपाली भूभगाको जमिन बचाउन आफ्नो ज्यानको आहुती दिनसमेत पछि नपर्ने बताए । आफ्नो भूमि जोगाउनमा गाउँ शहरदेखी नेतृत्व निकायसम्मका व्यक्तिहरु पछि नहट्न समेत आग्रह गरे |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते