2026-06-27 12:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसङको ‘ग्यालेक्सी ए ७० एस’ बजारमा, कति छ मूल्य ?

मङ्सिर ३, काठमाडौं | विश्वप्रशिद्ध कम्पनी सामसङले ग्यालेक्सी 'ए' शृंखलामा सबैभन्दा नयाँ स्मार्टफोन 'ग्यालेक्सी ए ७० एस' बजारमा ल्याएको छ । यो फोनमा ग्यालेक्सीको अत्याधुनिक इनोभेसन समाविष्ट छ । नयाँ ग्यालेक्सी ए ७० एसमा ६४ मेगा पिक्सलको प्राइमरी सुटरका साथ ट्रिपल क्यामरा सेटअप, आकर्षक नयाँ डिजाइन, सम्पूर्ण भिज्युअल अनुभव, शक्तिशाली ब्याट्री एवं सहजै कनेक्ट गर्न सकिने सुविधा विद्यमान रहेको सामसङले जनाएको छ ।

यसमा एआई गेम बुस्टर, ४५०० एमएएचको ब्याट्री, तथा २५ वाटको सुपरफास्ट चार्जिङ्ग जस्ता विशेषताहरुले आजका युवाहरुको सम्पूर्ण आवश्यकतालाई पूरा गरी स्मार्टफोनको उत्कृष्ट अनुभव प्रदान गर्दछ । 

नयाँ Galaxy A70s मा ६.७ इन्चको एफएचडी इन्फिनिटी–यू डिस्प्ले रहेको छ । यो फोन प्रयोगकर्ताहरुलाई गेमिङ्ग, भिडियो हेर्न, मल्टिटास्किङ्ग, ब्राउजिङ्ग आदिको दौरान उत्कृष्ट भिज्युअल अनुभव प्राप्त हुन्छ ।


ग्यालेक्सी A70s मा डल्बी एटमस रहेको छ, जसले ३६० डिग्री सराउन्ड साउन्डको अनुभव प्रदान गर्दछ । 

ग्यालेक्सी A70s मा शक्तिशाली ४५०० एमएएचको व्याट्री तथा २५ वाटको सुपरफास्ट चार्जिंग, रहेको हुँदा पूरा दिनभर शेयर, स्ट्रिम तथा गेमिङ्गको स्वतन्त्रता दिन्छ । 

ग्यालेक्सी A70s को मूल्य ४८ हजार ८ सय ९० रुपैयाँ (६ जीबि + १२८ जीबि) तोकिएको छ । यो फोन सामसङका आधिकारिक विक्री कक्षहरुबाट नेपाल अधिराज्यभर उपलब्ध रहदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट