२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरको गठ्ठाघरमा बाजेको सेकुवाको शाखा खुल्यो

४ मंसिर २०७६, बुधबार ०९:१२

मंसिर ४,  भक्तपुर । बाजेको सेकुवाले भक्तपुरमा शाखा संचालनमा ल्याएको छ । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ ले भक्तपुरको गठ्ठाघरमा आजबाट शाखा सञ्चालनमा ल्याएको हो । 

बाजेको सेकुवाको भक्तपुरमा यो पहिलो शाखा हो । उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा बाजेको सेकुवाका निर्देशक श्रीमती नितिमा कार्की र स्थानीय समाजसेवी श्रीमती सरस्वती थापाले उट्घाटन गरे ।


बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेण्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्राञ्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चर प्रा.लि.ले गर्दै आएको छ । यो कम्पनीले कुनै पनि सहरमा रेस्टुरेण्ट सञ्चालनमा ल्याउनु अघि स्थानीय बजारमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति, स्थानीय रेस्टुरेण्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र फ्राञ्चाइज विस्तारलाई प्राथमिकतामा पार्ने गरेको छ । मुख्य व्यापारिक सहरमा बढ्दो उपभोग र बजार मागलाई लक्षित गरी बाजेको भेन्चर प्रा. लि. ले फ्राञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल विस्तारलाई अगाडी बडाइरहेको छ । नेपालगन्ज, वीरगन्ज, धनगढी, हेटौंडा र नेपाल बाहिर अमेरिकामा थप केही, अस्ट्रेलिया, जापान र बेलायतमा आगामी केही वर्ष भित्र रेस्टुरेन्ट सञ्जाल विस्तार गरिसक्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

विगत ३ महिनाको अन्तरालमा बाजेको सेकुवाको नयाँ फ्राञ्चाइजहरु ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा सञ्चालनमा आए लगत्तै भक्तपुरको गठ्ठाघरमा पनि सञ्चालनमा आएको छ । उपत्यका बाहिर पोखरा, चितवन र बुटवलमा फ्रान्चाइज मोडेलमा रेस्टुरेन्ट सञ्चालन भइरहेको छ भने अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा ‘द हिमालयन ग्रिल’ का रुपमा फ्राञ्चाइज सञ्चालनमा छ ।

दक्ष युवाहरुलाई उद्यमी बन्न प्ररीत गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्धेश्य राखेको कमपनीले गठ्ठाघर स्थित बाजेको सेकुवाको फ्राञ्चाइज अमित दाहाल, प्रशान्त गीरी, पविन थापा लगायतलाई दिएको हो । उक्त फ्राञ्चाइजमा प्रत्यक्ष रुपमा २५ जनाले रोजगारी पाएका

छन् ।

काठमाडौं उपत्यकाको सिनामङ्गलबाट चार दशक अघि सुरु भएको बाजेको सेकुवा रेस्टुरेण्ट अन्तर्गत अहिले उत्यकाबाहिर ३ ओटा, उपत्यका भित्र ९ ओटा र अमेरिकामा २ ओटा गरी हाल १४ ओटा आउटलेटहरु सञ्चालनमा छन् । ती मध्ये अनामनगर, स्रोहखुट्टे, गैरीधारा र बत्तीसपुतलीमा सबै लगानी कम्पनीका प्रवद्र्धकको छ भने बाँकी सबै फ्रान्चाइज हुन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै