Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

काँग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक,खानेपानी महशुलमा ५०% छुट, मजदुरको निशुल्क जीवन बीमा

२०७६, ५ मंसिर बिहीबार ०९:३९

कमल घिमिरे।मंसिर५।पाँचथर, नेपाली काँग्रेस पाँचथरले फिदिम नगरपालिका वाडा नं. १ को लागी चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । 

आउँदै गरेको उप निर्वाचनमा फिदिम नगरपालिका वडा नं.१ बाट वडा अध्यक्ष पदमा काँग्रेसका सुवराज थापाले उमेद्वारी दिएका छन ्। चुनाव प्रचार प्रसार समितीले आज फिदिममा पत्रकार सम्मेलन गरि घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको घोषणा पत्रमा फिदिममा वितरण भइरहेको खानेपानी महशुलमा ५०% छुट दिइने,आफ्नो तलब भत्ता बाट न्युन आय भएका मजदुरीहरुको निशुल्क जीवन बीमा गरिदिने,बजार क्षेत्रलाइ उच्च गतीको निशुल्क वाइफाइको व्यवस्था गर्ने,कृषी जन्य वस्तुहरुलाइ विशेष प्राथमिकता दिइने,बजारको ठाडो लाइनलाइ कालो पत्रेमा जोड दिने,युवा स्वरोजगारका लागी सिपमुलक तथा उद्यमशिलता सम्बन्धि कार्यक्रमहरु सञ्चालनमा ल्याउने, धार्मिक र सार्वजनिक स्थानहरुको विकास गर्ने ,ग्रीन फिदिम अभियानको सुरुवात गर्ने लगायतको नीती घोषणा पत्रमा उल्लेख गरिएको छ । 

खानेपानिको विद्यमान महगो महशुललाई नगरपालिका अनुदान कोषका माध्यमबाट समायोजन गरिने साथै नगरपालिका बाट प्राप्त हुने तलब भत्ताबाट अत्यन्तै न्युन आय भएका ५० जना प्रत्येक मजदुरको ५ लाख को जीवन बिमाहुन सक्ने उमेद्वार थापाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश