२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नक्कली भ्याट बिल प्रकरणमा २१ विरूद्ध मुद्दा दायर

२०७६, ९ मंसिर सोमबार १०:१०

मंसिर ९, काठमाडौँ | राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा २१ विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ | झूटो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी एक अर्ब २९ करोड ३६ लाख एक हजार पाँच सय ६२ रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभागले आइतबार ललितपुर महानगरपालिका-३ धोबिघाटका विनोदकुमार अग्रवाल, ललितपुर-२३ का विकास अग्रवालसहित २१ फर्महरूविरूद्ध मुद्दा दायर गरेको हो |

नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरेर सो बराबरको रकम राजस्व चुहावट गरेको विभागले जनाएको छ | उनीहरूले विभिन्न व्यक्तिका नाममा आर्यन ट्रेडिङ कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिङ कन्सर्न, प्रसुमा सप्लायर्स प्रालि, स्मारिका जनरल सप्लायर्स, नाइस ट्रेडिङ, जेनिशा ट्रेड एण्ड सप्लायर्स, सुशीम ट्रेड इन्टरप्राईजेज प्रालि, सिमस ट्रेड इन्टरनेसनल, निशिला ट्रेडिङ, अविन ट्रेडिङ, किशा ट्रेड इन्टरप्राइजेज, श्रीअन्तु जनरल सप्लायर्स समेतका १३ वटा विभिन्न फर्म र कम्पनीहरू दर्ता गरी वास्तविक रूपमा मालवस्तु खरिद विक्री नै नगरी विभिन्न फर्महरूलाई झूटो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र विक्री गरेको विभागले जानकारी दिएको छ |

ती फर्महरूबाट जारी भएको नक्कली कर बिल बिजकबाट खरिदकर्ताले क्रेडिट दाबी र आयकरतर्फ खर्च नदेखाई राजस्व छलेको विभागको अनुसन्धानबाट खुलेको छ | उनीहरूलाई बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय मागिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी