७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नक्कली भ्याट बिल प्रकरणमा २१ विरूद्ध मुद्दा दायर

९ मंसिर २०७६, सोमबार १०:१०

मंसिर ९, काठमाडौँ | राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा २१ विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ | झूटो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी एक अर्ब २९ करोड ३६ लाख एक हजार पाँच सय ६२ रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभागले आइतबार ललितपुर महानगरपालिका-३ धोबिघाटका विनोदकुमार अग्रवाल, ललितपुर-२३ का विकास अग्रवालसहित २१ फर्महरूविरूद्ध मुद्दा दायर गरेको हो |

नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरेर सो बराबरको रकम राजस्व चुहावट गरेको विभागले जनाएको छ | उनीहरूले विभिन्न व्यक्तिका नाममा आर्यन ट्रेडिङ कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिङ कन्सर्न, प्रसुमा सप्लायर्स प्रालि, स्मारिका जनरल सप्लायर्स, नाइस ट्रेडिङ, जेनिशा ट्रेड एण्ड सप्लायर्स, सुशीम ट्रेड इन्टरप्राईजेज प्रालि, सिमस ट्रेड इन्टरनेसनल, निशिला ट्रेडिङ, अविन ट्रेडिङ, किशा ट्रेड इन्टरप्राइजेज, श्रीअन्तु जनरल सप्लायर्स समेतका १३ वटा विभिन्न फर्म र कम्पनीहरू दर्ता गरी वास्तविक रूपमा मालवस्तु खरिद विक्री नै नगरी विभिन्न फर्महरूलाई झूटो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र विक्री गरेको विभागले जानकारी दिएको छ |

ती फर्महरूबाट जारी भएको नक्कली कर बिल बिजकबाट खरिदकर्ताले क्रेडिट दाबी र आयकरतर्फ खर्च नदेखाई राजस्व छलेको विभागको अनुसन्धानबाट खुलेको छ | उनीहरूलाई बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय मागिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी