२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्कीमा नेकपाकी विद्या भट्टराई विजयी

१५ मंसिर २०७६, आईतवार १४:१०

 मङ्सिर १५, पोखरा । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का  विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी हुनुभएको छ ।

उहाँ २४ हजार ३९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोम भण्डारीले एक हजार १५३ र साझा पार्टीकी रजनी केसीले ९९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५७९ जनाले मतदान गरेका थिए ।

यसैबीच, निर्वाचन अधिकृतको कार्यालयद्वारा मतगणनाको नतिजा सार्वजनिक हुनासाथ काँग्रेसका उम्मेदवार पौडेलले नवनिर्वाचित भट्टराईलाई पूmलको माला लगाइ बधाइ ज्ञापन गर्नुभयो । मतगण्नास्थलमा नेकपाका कार्यकर्ता एवं शुभेच्छुकले खुशी साटासाट गर्दै नाराबाजी गरिरहेका छन् । सोही अवसरमा नवनिर्वाचित भट्टराईले मतदातालाई धन्यवाद दिँदै स्व रवीन्द्र अधिकारी र नेकपाप्रति मतदाताले देखाएको भरोसालाई टुट्न नदिने बचनबद्धता प्रकट गर्नुभयो ।

उहाँले आजै पोखरामा माटोको ढिस्को पुरिएर पाँच जना कामदारको मृत्युमा भएकोमा गहिरो समवेदनासमेत प्रकट गर्नुभयो । २०७५ साल फागुन १५ गते यस क्षेत्रका सांसद् एवं तत्कालीन पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्कीको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भएको हो । निर्वाचित भट्टराई दिवङ्गत अधिकारीको धर्मपत्नी हुनुहुन्छ । भट्टराई विद्यार्थी कालमा राजनीतिमा सक्रिय भई अनेरास्ववियुको केन्द्रीय सचिव हुनुहुन्थ्यो । उहाँ  शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै