२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक संस्कृति सर्वमान्य छन् :मुख्यमन्त्री पौडेल

२६ मंसिर २०७६, बिहीबार ०८:४२

मङ्सिर २६, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताउनुभएको छ । उधौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले साकिला पर्वसमेत भनिने उधौलीमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदाय तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । 

सन्देशमा मुख्यमन्त्री पौडेलले विभिन्न जातजातिको साझा फूलबारीका रुपमा रहेको हाम्रो देशमा रहिआएको विगतदेखिको एकाअर्काबीचको सहिष्णुता र सद्भावकै कारण सबै जातजातिका संस्कृति सर्वस्वीकार्य भएको उल्लेख गर्नुभएको छ । 

“चिसो मौसम शुरु भएपछि बेंसी अर्थात् उँधो झर्नुपर्ने प्रक्रिया शुरु गरिने दिनका रुपमा तथा मानिस मात्र नभएर जनावर, चराचुरुङ्गीसमेत चिसो छल्न लेकतिरबाट बेंसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न एवं अन्नबाली भित्र्याइएको खुशियालीमा मनाइने भएकाले यो नेपाली किसानको खुशी साट्ने पर्व पनि हो”, सन्देशमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा