२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिपिएल उद्घाटन: पोखराको विजयी शुरुआत

२०७६, २९ मंसिर आईतवार १४:४९

मङ्सिर २९, कास्की | पोखरामा आजदेखि शुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले विजयी शुरुआत गरेको छ । 

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा घरेलु टोली पोखराले काठमाडौँ गोल्डेन वारियर्सलाई नौ विकेटले पराजित गरी प्रतियोगितामा सुखद शुरुआत गरेको हो । खेलमा टस जितेर पोखराले व्याटिङको निम्तो दिएपछि काठमाडौँले पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ११५ रनको योगफल तयार गरेको थियो । 

जितका लागि ११६ रनको विजयी लक्ष्य पोखराले शुरुआती ब्याटस्म्यान कुशल भुर्तेलको अर्धशतकीय ६५ रन योगदानको मद्दतले १४ दशमलव एक ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । जम्मा ४३ बल सामना गरेको खेलको ‘म्यान अफ दी म्याच’ भुर्तेलले पाँच छक्का र चार चौका प्रहार गर्दै अविजित रहँदै टोलीलाई पहिलो खेलमा जित दिलाए । 

पोखराका लागि रवीन्द्र सिंहले अविजित रहँदै ३८ रन जोडे भने शुरुआती ब्याट्सम्यान आशिफ शेख शुसान भारीको बलमा एलविडब्लु हुँदै १४ रन जोडेर पेभिलियन फर्किए । काठमाडौँका लागि सुवोध भाटीले सर्वाधिक ४५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सर्वजीत लड्डाको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले २९ बलमा चार चौका र चार छक्कासहित ४५ रन बनाएका थिए । 

पोखराका रशियो खान, ललितनारायण राजवंशी र कुशल मल्लले समान दुई तथा सर्वजित लड्डा तथा प्रथमेश ढाकेल एक/एक विकेट लिएका थिए । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गरेको प्रतियोगिताका विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् । ‘म्यान अफ दि सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन जना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । 

त्यसैगरी प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीको सहभागिता छ । प्रतियोगिताअन्तर्गत सोमबार विराटनगर टाइटन्स र धनगढी ब्लुजबीच बिहान पहिलो स्पर्धा हुनेछ भने काठमाडौँ गोल्डेन्स र बुटवल ब्लास्टर्सबीच दोस्रो खेल हुनेछ ।


माथिको तश्वीरमा: पोखरामा आइतबारबाट सुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा व्याटिङ गरेर प्रतियोगिता शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्वीरः कृष्ण दवाडी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा