२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिपिएल उद्घाटन: पोखराको विजयी शुरुआत

२९ मंसिर २०७६, आईतवार १४:४९

मङ्सिर २९, कास्की | पोखरामा आजदेखि शुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले विजयी शुरुआत गरेको छ । 

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा घरेलु टोली पोखराले काठमाडौँ गोल्डेन वारियर्सलाई नौ विकेटले पराजित गरी प्रतियोगितामा सुखद शुरुआत गरेको हो । खेलमा टस जितेर पोखराले व्याटिङको निम्तो दिएपछि काठमाडौँले पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ११५ रनको योगफल तयार गरेको थियो । 

जितका लागि ११६ रनको विजयी लक्ष्य पोखराले शुरुआती ब्याटस्म्यान कुशल भुर्तेलको अर्धशतकीय ६५ रन योगदानको मद्दतले १४ दशमलव एक ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । जम्मा ४३ बल सामना गरेको खेलको ‘म्यान अफ दी म्याच’ भुर्तेलले पाँच छक्का र चार चौका प्रहार गर्दै अविजित रहँदै टोलीलाई पहिलो खेलमा जित दिलाए । 

पोखराका लागि रवीन्द्र सिंहले अविजित रहँदै ३८ रन जोडे भने शुरुआती ब्याट्सम्यान आशिफ शेख शुसान भारीको बलमा एलविडब्लु हुँदै १४ रन जोडेर पेभिलियन फर्किए । काठमाडौँका लागि सुवोध भाटीले सर्वाधिक ४५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सर्वजीत लड्डाको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले २९ बलमा चार चौका र चार छक्कासहित ४५ रन बनाएका थिए । 

पोखराका रशियो खान, ललितनारायण राजवंशी र कुशल मल्लले समान दुई तथा सर्वजित लड्डा तथा प्रथमेश ढाकेल एक/एक विकेट लिएका थिए । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गरेको प्रतियोगिताका विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् । ‘म्यान अफ दि सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन जना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । 

त्यसैगरी प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीको सहभागिता छ । प्रतियोगिताअन्तर्गत सोमबार विराटनगर टाइटन्स र धनगढी ब्लुजबीच बिहान पहिलो स्पर्धा हुनेछ भने काठमाडौँ गोल्डेन्स र बुटवल ब्लास्टर्सबीच दोस्रो खेल हुनेछ ।


माथिको तश्वीरमा: पोखरामा आइतबारबाट सुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा व्याटिङ गरेर प्रतियोगिता शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्वीरः कृष्ण दवाडी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै