२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौध मृतकमध्ये १२ को सनाखत (नाम/ठेगाना सहित)

२०७६, २९ मंसिर आईतवार १५:१८

मङ्सिर २९, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ ।

दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका–९ की वर्ष ४२ की लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितिका वर्ष २४ का महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उहाँकी श्रीमती वर्ष ३५ की मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ की वर्ष ५३ की गङ्गामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी वर्ष सात की सबना तामाङ, सोही ठाउँकी वर्ष ३० की रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, वर्ष २८ की मञ्जु तामाङ, सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको सनाखत भएको छ ।

बाँकी दुईको भने खनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते चारको काभ्रेको धुलिखेल र १४ घाइतेको ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । स्थानीय सिन्धु सदावहार अस्पतालमा प्राथमिक उपचार गरेपछि गम्भीर घाइते सबैलाई अन्यत्र सिफारिस गरिएको अस्पतालले जानकारी दिएको हो ।

मृतक सबैको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । मृतकका आफन्त सबै अस्पतालमा आएकाले प्रक्रिया पूरा गरेर शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो । ह्याम्स अस्पतालमा लगिएका बिरामीको अवस्था गम्भीर रहेको र दुईको टाउकोको शल्यक्रिया गरिएको अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिनुभयो ।

अन्य घाइतेको पनि चिकित्सकको ठूलो टोलीले उपचार गरिरहेको भण्डारीले जानकारी दिनुभयो । कालिञ्चोक तीर्थ यात्रा गरी भक्तपुर जाँदै गरेको बस आज बिहान साढे ७ः०० बजे लामोसाँघु जिरी सडकखण्डको छ किलो नजिकै सडकबाट ७० मिटर तल खसेर दुर्घटना भएको थियो । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको बसका चालक भने हाम फालेर भागेको प्रत्यक्षदर्शी जानकारी दिएका छन् ।

लामोसाँघु जिरी सडकखण्डको छ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयो । घाइते दीपक तामाङका अनुसार बसको सीट भर यात्रु थिएनन् । ब्रेक फेल भएर दुर्घटना भएको घाइते तामाङले जानकारी दिनुभयो । यस अघि गत असोजमा सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाति गाउँपालिका–१० बडहरे झिल्के मोडमा दुर्घटना हुँदा ११ को मृत्यु र ४० भन्दा बढी घाइते भएका थिए । साथै पछिल्लो पटक कात्तिकमा दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १७ को मृत्यु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो