पुष १, काठमाडौँ | ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक रहेको भन्दै रोक्नका लागि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए | सोमबार रिटको सुनुवाई पछि अदालतले रिट निवेदशकको माग अनुसार अन्तरिम आदेश जारी गर्नुनपर्ने ठहर गरेको छ |
न्यायाधीश प्रभा बस्नेत र शान्ता सेढाईको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको हो | अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि टुटल र पठाओले निरन्तर सेवा दिन पाउने भएका छन् |
उनीहरुले टुटल र पठाओ सञ्चालनमा रोक नलगाएको भन्दै ट्राफिक प्रहरी र सरकारलाई पनि विपक्षी बनाएका थिए |