२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङको कुडुले चोकदेखि काठेखोला जाने सडक कालोपत्रे गर्न शुरु

४ पुष २०७६, शुक्रबार ०१:५०

पुष ४, बाग्लुङ | क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रको काम शुरु भएको छ । 

कुडुले चोकदेखि– मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडकमा कालोपत्रको काम शुरु भएको हो । गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको पहलमा गण्डकी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४२ करोडको लागतमा सो सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न लागिएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजना अनुरुप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम शुरु भएको प्रदेशसभा सदस्य सापकोटाले जानकारी दिनुभयो । 

“क्षेत्रीय चक्रपथलाई कालोपत्र गर्ने गरी काम थालेका छौँ”, उहाँले भन्नुभयो, “कालोपत्रेसँगै जनताको जीवनस्तरमा समेत परिवर्तन आउनेछ ।” दुई वर्षभित्र कालोपत्रे सक्ने गरी काष्ठमण्डप कन्ट्रक्सन प्रालिले जिम्मा पाएको निर्माण कम्पनीका साइड इञ्चार्ज रविन चपाईले जानकारी दिनुभयो । कात्तिक २ गते ठेक्का सम्झौता गरी अहिले धमाधम निर्माण कार्य शुरु गरेको चपाईको भनाइ छ । उहाँले काममा अवरोध नभए ठेक्का अवधिमै कालोपत्र सक्ने बताउनुभयो । 

चपाईका अनुसार १४ किलोमिटर सडक आठ मिटरको मापदण्डअनुसार चौडा हुने, एक मिटर नाली निर्माण र ५.५ मिटर चौडा सडक कालोपत्र हुनेछ । पहिलो चरणमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानासम्म कालोपत्र गरे पनि दोस्रो चरणमा तितौरै भीमपोखरा, धम्जा, बिहुँ, लेखानी, रेश हुँदै बलेवा जोड्ने सडक विस्तार र कालोपत्र गर्ने योजना रहेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । 

यो सडक कालेपत्र भएसँगै प्रसिद्ध धार्मिकस्थल पञ्चकोट र कुडुलेमा भएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटक बढ्नेमा विश्वास लिइएको छ । ग्रामीण सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले आजित भएका स्थानीयवासीलाई सडक कालोपत्र भएपछि राहत हुनेछ । 

गण्डकी प्रदेश सरकारको ११ जिल्लामा ३६ रणनीतिक क्षेत्रीय सडक रहेका छन् । बागलुङमा रहेका चार रणनीतिक सडकमध्ये यो सडक सबैभन्दा लामो हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ