७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुराका स्थानीय तहमा हाल सम्म पुगेनन बैंक

७ पुष २०७६, सोमबार ०७:०६

पुस ७, बाजुरा | बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना  हुन सकेको छैन। जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा बैंक स्थापना नहुँदा  स्थानीयवासी समस्यामा परेका छन्।

जगन्नाथ गाउँपालिकाका अर्जुन विष्टले बैंकिङ कारोवार गर्न पैदल हिँडेर बूढीनन्दा नगरपालिका जानुपर्ने बाध्यता रहेको  दुखेसो पोखे। स्वामीकार्तिक गाउँपालिकाको केन्द्र पिलुचौरमा समेत बैंक छैन। पालिकामा बैंक नहुँदा स्थानीयले बूढीनन्दा नगरपालिका धाउँदै आएका छन्।

दुई वटै गाउँपालिकामा बैंक नभएपछि सोही नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा कारोवार गर्न धाउनुपर्ने बाध्यता रहेको छ। गाउँपालिकामा बैंक स्थापना गरी सञ्चालनमा ल्याउन गाउँपालिकाले पहल गर्दै आएको बताइएको छ।

सात स्थानीय तहमा बैंक सञ्चालन 

सात स्थानीय तहमा बैंक सञ्चालन भएपछि स्थानीयलाई बैंकिङ कारोवार गर्न सहजता भएको छ । स्थानीयस्तरमा नै बैंक सञ्चालन हँुदा सदरमुकाम मार्तडी आउने समस्या हटेको बूढीनन्दा नगरपालिका वडा नम्बर ४ का स्थानीय छक्कबहादुर मल्लले जानकारी दिए।

उहाँ गाउँमा बैंक नहुँदा दुई दिन लगाएर सदरमुकाम धाउनु पथ्र्यो तर स्थानीय तहका जनप्रतिनिधि आइसकेपछि स्थानीयस्तरमा बैंक हुँदा निकै सहजता वताउनुहुन्छ। जिल्लामा नौ स्थानीय तहमा फरक फरक बैंकले कारोवार गर्दै आएका छन्। पूर्वी उत्तरी भेगमा रहेका चार स्थानीय तहमध्ये बूढीनन्दा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, हिमाली गाउँपालिका सानीमा बैंक, सञ्चालनमा आइरहेका छन्।

यस्तै बूढीगङ्गा नगरपालिकामा सिद्धार्थ बैंक, त्रिवेणी नगरपालिकामा नेपाल बैंक लिमिटेड, खप्तड छेडेदह गाउँपालिकामा हिमालयन बैंक र बडीमालिका नगरपालिकामा राष्ट्रिय बैंक वाणिज्य सञ्चुरी, एनआइसी, महालक्ष्मी विकास बैंक रहेका छन्।यहाँस्थित गौमुल गाउँपालिकामा कुमारी बैंकले आइतबारदेखि औपचारिक रुपमा आफ्ना सेवा सञ्चालन  ल्याएको छ।

गाउँपालिकाको केन्द्र घट्मुनामा स्थापना गरिएको बैंकले गाउँपालिकाका नियमित बैंकिङ कारोवार सहज हुने अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए। बैंकको कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए।  बैंकले गाउँपालिका तथा त्यस क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरुपमा बैंकिङ सेवा पु¥याउन सहज हुने गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताए।

 बैंकले आगामी दिनमा थप सेवा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पु¥याउने योजना बनाएको शाखा प्रमुख नरेन्द्रसिंह साउँदले जानकारी दिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी