२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् २०१९ मा नेपाल भित्रिएका ओपोका स्मार्टफोन

७ पुष २०७६, सोमबार ११:५२

पुस ७, काठमाडौँ | चिनियाँ स्मार्ट फोन कम्पनी ओपोले २०१९ मा नेपाली बजारमा १० ओटा स्मार्टफोन ल्याएको छ | ती ओपो एफ९ ‘जेड ग्रिन लिमिटेड एडिसन’,ओपो एफ ११, ओपो एफ११ प्रो, ओपो एफ११ प्रो मार्भल्स एभेन्जर्स लिमिटेड एडिसन, ओपो रेनो १०एक्स जुम, ओपो एफ११ प्रो ‘ज्वेलरी ह्वाइट’, ओपो ए५ २०२०, ओपो ए९ २०२०, ओपो रेनो २एफ र ओपो ए९ २०२० भेनिला मिन्ट एडिसन हुन् |

साथै कम्पनीले यो अवधिमा नयाँ सिरिज ‘ए’ र ‘रेनो’ ल्याएको छ | एफ ९ ‘जेड ग्रिन लिमिटेड एडिसन जनवरीमा नेपाली बजारमा सार्वजनिक भएको हो| यसको डिजाइनमा हरियो, सेतो र सुनौलो रंगको मिश्रण गरिएको छ |


एफ ९ मा ९०.८ प्रतिशत डिस्प्ले ओगट्ने उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ | फोनको प्यानललाई कोर्निङ गोरिल्ला ग्लास ६ मार्फत सुरक्षा दिइएको छ भने फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्र्रेर तथा बोके शट्सका लागि १६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको ब्यवस्था गरिएका छ |

४ जिबी र्याम र ६४ जिबी रोमका साथमा मिडियाटेक हिलियो पी ६० जडान गरिएको छ | यसमा भोक फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरेको छ |

विभिन्न ग्राडियन्ट रंगमा सार्वजनिक गरिएको ओपो एफ९ आकर्षक रंग र डिजाइनका कारण नेपाली उपभोक्ताको लोकप्रिय स्मार्टफोन बनेको छ |

ओपो एफ११:


यस सिरिज अन्तर्गत ओपो एफ११, ओपो एफ११ प्रो, ओपो एफ११ प्रो मार्भल्स एभेन्जर्स लिमिटेड एडिसन र ओपो एफ११ प्रो ‘ज्वेलरी ह्वाइट’, नेपाली बजारमा सार्वजनिक भएको छ | एफ११ सिरिजका ४ ओटै स्मार्टफोन ग्राहकको रोजाईमा परेको कम्पनीले बतााएको छ | 

ओपो एफ११, ओपो एफ११ प्रो र ओपो एफ११ प्रो मार्भल्स एभेन्जर्स लिमिटेड एडिसन स्मार्टफोन अप्रिलमा नेपाली बजारमा प्रवेश गरेको हो भने ओपो एफ११ प्रो ‘ज्वेलरी ह्वाइट’ जुलाईमा आएको हो |

 

ओपो रेनो सिरिजः


 

यो सिरिज अन्तर्गत दुईओटा स्मार्टफोन नेपाली बजारमा आएको छ। ती ओपो रेनो २एफ र ओपो रेनो १०एक्स जुम हो |

यी स्मार्टफोनमा पानोरामिक एमोलोइड डिस्प्ले जडान गरिएको छ। यो फ्ल्यागसिप फोन अन्तर्गत पर्दछ। यसका दुवै स्मार्टफोनलाई ग्राहकले मन पराएको कम्पनीले बताएको छ |

ओपो ए सिरिजः


 

यो सिरिज अन्तर्गत ओपोले तीनओटा स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। ती ओपो ए५ २०२०, ओपो ए९ २०२० र ओपो ए९ २०२० भेनिला मिन्ट एडिसन हो। 

ओपो ए५ :


२०२० र ओपो ए९ २०२० ले सेप्टेम्बरमा प्रवेश गरेको हो भने भेनिला मिन्ट एडिसन भर्खरै आएको छ | यो संगै तीनओटै फोनले नेपाली बजारमा राम्रो स्थान लिएको कम्पनीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य