२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा

२०७६, ८ पुष मंगलवार ०३:१९

पुष ८, पाँचथर | पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि वढेको छ । 

 फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा  हिलाम्य र घाम लाग्दा धुलाम्मे हुने सडक अहिले कालोपत्र हुने चरणमा पुगेको छ । फिदिमदेखि प्राङबुङसम्म सडक निर्माण गर्न उपकरण र  कामदार दिनरात खटिएका छन् । फिदिम नगरपालिका वडा नं १०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाका छ वडालाई सदरमुकामसम्म जोड्ने यो सडक निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ । 

धेरै जनसङ्ख्या लाभान्वित हुने यो सडक कालोपत्रका लागि सङ्घीय सरकार र प्रदेश सरकारले लगानी गरेका छन् । प्रदेश सरकारको लगानीमा फिदिम–फालोट सडक अन्तर्गत फिदिम–नाङ्गीन खण्ड कालोपत्रको काम अघि बढेको हो । १०.११२ किलोमिटरको सो  खण्डको कालोपत्रको जिम्मा कन्काइ पिएस जेभीले रु ५२ करोड ६७ लाख ३० हजारमा लिएको छ । नाङ्गीनको सल्लेरीदेखि प्राङबुङको लुदिनटारसम्म २९ किलोमिटर सडक कालोपत्र हुँदैछ । ‘ग्रामीण सडक सञ्जाल सुधार आयोजना’अन्तर्गत यो सडकखण्डको कालोपत्रका लागि निर्माणकार्य जारी रहेको छ ।

विगतमा एकतर्फी मात्रै सवारी चल्न सक्ने सानो सडकको अधिकांश खण्ड अहिले विस्तार भइरहेको छ । हिलाम्य भइरहने अधिकांश खण्डमा घण्टौँ यातायात अवरुद्ध पारेर ठूला चट्टान तथा भिर–पहरा फोरिँदैछ । सयौँ निर्माण उपकरण एकैपटक विभिन्न खण्डमा निर्माणकार्यमा परिचालन भएका छन् । भौगोलिक कठिनाइका कारण २०/३० मिटर अग्ला तारजालीसहितको टेवा पर्खाल निर्माण भइरहेका छन् । अहिले सडक विस्तार गर्ने, नाली काट्ने, टेवा पर्खाल लगाउने कार्य धमाधम भइरहेको छ । 

सयौँ स्थानीय युवा यस सडकखण्डमा श्रम गरिरहेका भेटिन्छन् । “राम्रै कमाइ हुने भएकाले सडक निर्माणमा मजदुरको रूपमा काम गरिरहेको छु । घरमा काम नभएको बेला गाउँमै काम पाइयो”वडा नं ८ का सन्दीप केरुङले भन्नुभयो । उहाँजस्तै सयौँ स्थानीय युवाले टेवा पर्खाल निर्माण, निर्माण सामग्री व्यवस्थापनमा रोजगारी पाएका छन् । 

फिदिम–फालोट सडक विशेषत कृषि उपजको निर्यात र भारतको सीमासम्म पुग्ने महत्वपूर्ण सडकका रुपमा रहेको छ । यस सडकले सदरमुकामसम्म जोड्ने फिदिम नगरपालिकाका चार वडा तथा फालेलुङ गाउँपालिकाका छ वडालाई जोड्छ । कृषिजन्य उत्पादनका दृष्टिले प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् । पक्की सडक र पर्याप्त सवारी साधन उपलब्ध नहुँदा यहाँ उत्पादित कृषि उपजले उचित मूल्य पाउन सकेको छैन । फिदिमदेखि प्राङबुङसम्मको सडक कालोपत्र भएपछि यहाँ उत्पादन हुने अलैँची, अदुवा, दुग्धजन्य उत्पादन, सागसब्जी तथा नगदेबाली, किबी, सुन्तलालगायत फलफूल बजारसम्म पुर्याउन सहज हुनेछ । 

पक्की सडक पुगेपछि यहाँका कृषक व्यावसायिक हुने अपेक्षा गरिएको छ । यस सडकले नेपाल–भारत सीमाक्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र फालोटलाई समेत जोड्नेछ । यद्यपि फालेलुङ गाउँपालिका–५ प्राङबुङबाट फालोटसम्म सडक सञ्जालले जोड्ने कार्य भने पूरा भइसकेको छैन ।

कच्ची सडकका कारण यहाँका स्थानीयवासीले दशकौँदेखि सास्ती ब्यहोर्दै आएका थिए । यहाँ वर्षायाममा सवारी सञ्चालनमा कठिनाइ पर्ने गर्दछ । केही किलोमिटर सडक पार गर्न पनि घण्टौँ लाग्ने गर्दथ्यो । अहिले पनि सडक निर्माण तीव्रगतिमा चलिरहेका कारण सडक बेलाबखत अवरुद्ध हुने गरेको स्थानीयवासी दुःखेसो व्यक्त गर्दछन्  । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन