पर्वत । सहकारी ऐन विपरित पर्वतका सहकारीहरुले लगानी गर्न थालेका छन् । सहकारी ऐनमा नै नभएको कलकर्जा र मिटरब्याजमा सहकारीले लगानी गर्ने र ऋणिले पनि छिटो ऋण पाउने भएपछि नियमविपरितको कारोबार  सहकारीमा मौलाएको हो ।

कुश्मा नगरपालिका ६ की कल्पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सहकारी ऐन विपरित पर्वतका सहकारीहरुले लगानी गर्न थालेका छन् । सहकारी ऐनमा नै नभएको कलकर्जा र मिटरब्याजमा सहकारीले लगानी गर्ने र ऋणिले पनि छिटो ऋण पाउने भएपछि नियमविपरितको कारोबार  सहकारीमा मौलाएको हो ।

कुश्मा नगरपालिका ६ की कल्पन"/>

2026-09-14 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारी ऐनविरुद्ध कारोबार, ऋणिको उठिबास

पर्वत । सहकारी ऐन विपरित पर्वतका सहकारीहरुले लगानी गर्न थालेका छन् । सहकारी ऐनमा नै नभएको कलकर्जा र मिटरब्याजमा सहकारीले लगानी गर्ने र ऋणिले पनि छिटो ऋण पाउने भएपछि नियमविपरितको कारोबार  सहकारीमा मौलाएको हो ।

कुश्मा नगरपालिका ६ की कल्पना विश्वकर्माले पर्वतका दुई सहकारीमार्फत लिएको कल कर्जा ऋणले अहिले उनलाई उठिबास बनाएको छ ।

कुश्मा–६ स्थित सदाबहार विश्वास कृषि सहकारी संस्था लि.बाट २० लाख र ऋणी सदस्य रहेकी कुश्मा–५ स्थित सिताराम कृषि सहकारी संस्थाबाट १० लाख रुपैयाँ ऋण लिएकी विश्वकर्माले अहिले सहकारीले अबैध कारोबारबाट आफूलाई उठिबास लगाएको भन्दै गुनासो गरेकी छिन् ।

२०७३ साल ६ महिना १८ गते सदरमुकाममा रहेको २२९६ नं कित्ताको घडेरी जग्गा धितो राखि लिएको २० लाख रुपैयाँको साँवा व्याज तिर्दै आएकी विश्वकर्मालाई सहकारीले ऋण तिर्न मानसिक दबाब दिदैं आयो ।  विश्व कर्माका अनुसार सहकारीबाट जग्गा धितो राखी २० लाख ऋण लिंदा  सही छाप लगाएको तमसुक,  र ऋण तिर्दा पनि  नच्यातिएका तमसुक सहित  सहकारीलाई दिएको ब्लैंक चेक (केही पनि नभरेको) ले अहिले उठीबास लगाएका हो ।

 यता १० लाख ऋण उपलब्ध गराएको सिताराम सहकारीले पनि सोच्दै नसोचेको जालसाजपूर्ण कार्य गरेको ऋणी कल्पना विश्वकर्माको गुनासो छ । सिताराम कृषि सहकारी संस्थाले पनि संस्थामा सहीछाप लगाएको दुईवटा तमसुकको दुरुपयोग गर्दै एउटा व्यक्ति र अर्को सहकारीका नाममा तमसुक बनाएर ११ लाख ऋण तिर्न मानसिक दबाब दिएको विश्वकर्माको भनाई छ । ऋण लिंदा संस्थाको नियम भन्दै बजारी तमसुकका दुईवटा लिफामा सही छाप लगाएको र ऋण तिर्दा एउटै ऋण दुईवटा साहु बनेर आएपछि झनै पीडित बनेकी छु विश्वकर्माले भनिन् ‘सिताराम कृषि सहकारी संस्थाबाट १० लाख ऋण लिंदा ब्लैंक चेक समेत दिएकीले अहीले   समस्यामा परेको  पिडीत विश्वकर्माको भनाई  छ । ऋण लिंदाका बखत दुवै सहकारीलाई ब्लैंक चेक दिएको र उक्त ब्लैंक चेकको आडमा फर्जि ऋण बनाईदिने भन्दै धम्की समेत आएको बताईन् ।

सहकारीबाट लिएको ऋणको चर्को व्याज र हर्जनाले सडकमा पुगेकी ऋणी कल्पना विश्वकर्माले अहिले सदाबहार विश्वास कृषि सहकारी संस्था लि.लाई २७ लाख र सिताराम कृषि सहकारी संस्थालाई ११ लाख बढी रकम तिुर्नपरेको छ । सदावहार विश्वास कृषि सहकारीको ऋण लिंदा धितो राखेको जग्गा सोही सहकारीले ग्राहक खोजी बिक्री गरिदिएको र सहकारीलाई तिर्नुपर्ने सबै रकम ग्राहकले तिरिदिंदा पनि ऋणीले नबुझाएको भन्दै मुद्दा मामिलामा लागेको विश्वकर्माले बताईन् । सहकारी मार्फत बनाइएका जालसाजपूर्ण ऋणले आक्रान्त बनेकी विश्वकर्माले सहीछाप लगाएका तमसुकहरु पछि च्यातौला, नष्ट गरौंला भन्दै आलटाल गरी अहिले ति नै तमसुक र ब्लैंक चेकको दुरुपयोग गरी सहकारी संस्थालाई नै बदनामी गर्ने कार्य सहित ऋणीलाई टाट पल्ट्याउने धन्दामा लागेको भन्दै आँशु झारिन् । यता सिताराम कृषि सहकारी संस्थाका प्रवन्धक कमल तिवारीले आफ्नो सहकारीले ऋणीको उठीबास लाग्ने गरी कुनैपनि काम नगरेको बताए । उनले भने सहकारीको नियमानुसार ऋण लगेका ऋणीसँग नियमनुसार नै ऋण उठाउने गरेको सिताराम सहकारीका प्रबन्धक  कमल तिवारीले बताए ।

  आवश्यक अनुगमन र नियमन नहुँदा पछिल्ला वर्षमा पर्वतमा सहकारी पिडीतको संख्या बढदै गएको  छ ।  सरकारले लागु गराएको  १६ प्रतिशत व्याज दर समेत  यहाँका सहकारीहरुले लागु गराएका छैनन ।  सहकारी सञ्चालकहरुले नै सहरकारीको निगरानी आवश्यक भएको बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले