<p>पुष ११, कैलाली | धनगढी बजारको मध्य भाग हुँदै बग्ने कैलाली खोलाबाट बिहीबार दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको छ । <br></p><p>धनगढी उपमहानगरपालिका–४ स्थित खानेपानी कार्यालय नजिक रहेको कैलाली खोलाबाट साढे पाँच फिट लामो र अढाइ किलो तौल भएको दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको डिभिजन वन कार्यालय कैलालीका जिल्ला वन अधिकृत रामचन्द्र कँणेलले बताउनुभयो । </p><p>अजिङ्गरको बासस्थानको रूपमा रहेको स्थानीय खुटिया सामुदायिक वन क्षेत्रमा लगेर छोडिएको कँणेलले जानकारी दिनुभयो । स्थानीय सर्वसाधारणले उक्त खोलामा अजिङ्गर देखेपछि वन कार्यालयमा खबर गरेका थिए । रासस</p>
December 27, 2019
कैलाली - KLL, समाज
दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार
By साझासवाल
2 मिनेट पढाइ










