2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा

पुष ११, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ । 

बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक सुमन तामाङ प्रहरी हिरासतमा रहेकाले बालिकालाई १२ दिनपछि मामा र ठूलीआमाको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बालिकालाई सर्लाही जिल्ला लालबन्दी नगरपालिका–१४ निवासी ४१ वर्षीय मामा मइतेसिं लो,  ठूलीआमा चिनीमाया लो र सानीआमा सुनमाया लोको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा बालिका जीवितै फेला परेपछि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा लगिएको थियो । रोइरहेकी बालिकालाई फकाउन बोतलको दूध चुसाउँदा नमानेपछि दुई महिनाअघि मात्र सुत्केरी भएकी स्थानीय सुनिता माझीले आफ्नो स्तनपान गराउँदा फकिएपछि उहाँ दैनिक बालिकालाई स्तनपान गराउन अस्पताल जाने गर्नुभएको थियो । बालिकालाई अस्पतालले विशेष सुरक्षाका साथ रेखदेख गरिरहेको थियो । 

जिल्ला प्रहरी कार्यालयको आधिकारिक पत्र लिएर आएको हुँदा सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेल तथा सञ्चारकर्मीको रोहबरमा बालिकालाई मावलीको जिम्मा लगाइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष कमल नेपालले बताउनुभयो । बालिकालाई आफन्तको जिम्मा लगाएपछि अस्पतालका नर्सहरु र स्तनपान गराउने महिला पनि निकै भावुक बनेका थिए । 

दोलखाको कालीञ्चोकबाट भक्तपुरका लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा १२ जना र उपचारको क्रममा चारसहित १६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १९ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई