२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

११ पुष २०७६, शुक्रबार ०३:४८

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ । 

काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको समयमा काठमाडौँको तापक्रम ३ डिग्री सेल्सियसमा उक्लिएको छ । घाम लाग्दै गरेकोले क्रमश तापक्रम बढ्दै जान्छ । 

पश्चिम तराईका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बनाएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । 

उपत्यकामा मात्र नभई देशका अन्य भू-भागमा पनि चिसो बढेको छ, मौषम मापन केन्द्रहरुले दिएको जानकारी अनुसार जिरी र जुम्लाको तापक्रम ऋणात्मक रहेको छ । जुम्लाको न्युनतम तापक्रम माइनस ७ डिग्री पुगेको छ । त्यस्तै जिरीको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस पुगेको छ । 

त्यस्तै अन्य भू-भागको न्युनतम तापक्रम निम्न अवस्थामा रहेका छन्: 

१. दिपायल – ३.५ डिग्री सेल्सियस 

२. डडेलधुरा – १.७ डिग्री सेल्सियस 

३. धनगडी – ८.२ डिग्री सेल्सियस 

४. बिरेन्द्रनगर – २.० डिग्री सेल्सियस 

५. नेपालगंज – ८.५ डिग्री सेल्सियस 

६. पोखरा – ६.० डिग्री सेल्सियस 

७. भैरहवा – १०.६ डिग्री सेल्सियस 

८. सिमरा – १०.० डिग्री सेल्सियस 

९. ओखलढुंगा – ३.५ डिग्री सेल्सियस 

१०. ताप्लेजुङ – ४.४ डिग्री सेल्सियस 

११. धनकुटा – ५.९ डिग्री सेल्सियस 

१२. बिराटनगर – ७.८ डिग्री सेल्सियस 

१३. लुम्ले – २.५ डिग्री सेल्सियस 

१४. जनकपुर – १०.२ डिग्री सेल्सियस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ