२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केही गरौँ भनेर म रेडक्रसमा संलग्न भएको हुँ : नवनियुक्त महासचिव चापागाई

२०७६, १२ पुष शनिबार ०४:१०

पुष १२, काठमाडौँ | नेपाल रेडक्रस सोसाइटीका नवनियुक्त महासचिव जगन चापागाईले केही गर्ने उध्यस्य लिएर रेडक्रसमा संलग्न भएको बताएका छन् । 

उनले भने 'म नेपाली आफन्तहरु र मित्रहरुको माया पाएर हुर्किएको हुँ । यहि नेपालको माटोले मलाई अरुको भलाईको निम्ति केही गर्नुपर्छ भनेर सिकाएको हो ।' उनले अगाडी भने 'म केही बनौँ भन्ने होइन, केही गरौँ भनेर रेडक्रसमा संलग्न भएको हुँ ।' रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्टिय महासंघ International Federation of Red Cross and Red Crescent Societies ( IFRC) को नवनियुक्त महासचिव जगन चापागाईले शुक्रबार नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुलाई सम्बोधन गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका हुन् ।  उनले भने 'हरेक देशका रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटीलाई सबल बनाउने मेरो अभियान हो र म त्यो पूरा गरेरै छाड्छु ।'


चापागाई आफ्नो नीजि भ्रमणको सिलसिलामा यसै साता नेपालमा आएका हुन् । नवनियुक्त महासचिव चापागाईँलाई नेपाल रेडक्रस सोसाइटीको परिसरमा सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वा लगायत केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुले स्वागत गरेका थिए । अध्यक्ष थापाले चापागाईलाई बधाई ज्ञापन गर्दै कानुनी आधार सुदृढीकरण, स्रोत परिचालन र नेपाल रेडक्रस सोसाइटिलाई अझ गतिशिल बनाउने क्षेत्रमा अन्तर्राष्ट्रिय महासंघको सहयोग अपेक्षित रहेको बताए ।


कार्यक्रममा नेपाल रेडक्रसको प्रदेश समितिका अध्यक्षहरुका साथै जापान, बेलायत लगायतका राष्टिय सोसाइटीका प्रतिनिधिहरु र अन्तर्राष्टिय महासंघको नेपाल स्थित कार्यालय प्रमुख र डेलिगेटहरुको उपस्थिति रहेको थियो ।


अवको प्राथमिकता प्रकोप न्यूनीकरण र उत्थानशीलताः

रेडक्रसको आगामी प्राथमिकताबारे नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलसँग रेडियो अन्तरर्वार्ताको क्रममा जगन चापागाई भने 'पहिलो प्राथमिकता जलबायु परिवर्तन सम्बन्धी प्रकोपबाट मानिसहरुलाई बचाऊने र स्वास्थ्य पाण्डामिक समस्याहरुबाट छुटकारा दिलाउने नै हो । त्यसको लागि विभिन्न संस्थाहरुसँग मिलेर न्यूनीकरण गतिविधि र उत्थानशीलतामा जोड दिनुपर्ने छ । अर्को समस्या विश्वव्यापी स्थानान्तरण हो, शरणार्थीको मर्यादा जोगाऊने ।' उनले भने 'आर्थिक, शिक्षा, स्वास्थ्य, प्रविधिको क्षेत्रमा  संसारमा उच्च प्रगति भएपनि केही मानिसहरु अझै बञ्चित भैआएका छन्, त्यसैले, खास जनसंख्या अझै पनि विकासको घेरामा पर्न नसकेकोले समावेशी कार्यक्रमको ठूलो महत्व छ ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ