२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतम बुद्ध :

१२ पुष २०७६, शनिबार ०८:५५

पुस १२, काठमाडौँ | बौद्ध धर्मका प्रतिपादक गौतम बुद्धले संसारमा निकै मार्मिक र मर्यादित शन्देस दिएका छन् | उनको जीवनको प्रेरक प्रसंगबाट हरेक समयमा कुनै न् कुनै ज्ञान अवश्य सिक्न सकिन्छ | आजको समय सँग पनि उतिकै मात्रामा मेल खाइ रहेका गौतम बुद्धका यी मार्मिक सन्देशले अवश्य पनि जीवनलाई सहि मार्गमा डोर्याउन मदत गर्ने छ |

संसारलाई अध्यारो मार्गबाट उज्यालो र जीवनका अनेक दुखलाई भुलेर शान्तिको अनुभूति कसरी गर्ने भन्ने शिक्षा उनको जीवनीबाट प्राप्त गर्न सकिन्छ | यस्तै एउटा उपदेश दिने क्रममा बुद्धले भनेका थिए"‘क्रोध यस्तो अग्नी हो जसले क्रोध गर्ने व्यक्ति आफैं पनि जल्छ र अरुलाई पनि जलाउँछ |"

उनको यो उपदेश सुनेर एक जनाले भने 'बुद्ध तिमी पाखण्डी हौ', तिमि मानिसलाई भ्रममा पारिरहेका छौ,ठुला कुरा गर्नु तिम्रो काम हो, तिमीले दिएको उपदेशको कुनै काम छैन' एकजना रिसाह व्यक्तिले बुद्धलाई भनेका थिए |

त्यति मात्र भनेनन्, ति व्यक्तिले बुद्धलाई गालि समेत गरे,उनको गालि बुद्धले राम्रो सँग सुनिरहेका थिए | बुद्धले उनको गालि सुनेको देखेर ति व्यक्तिले त्यति मात्रै गरेनन बुद्धकै मुखमा थुकेर समेत हिडे | उनको गालि शान्ति र ध्यानपूर्वक सुनेको देखेर सबै मानिस अचम्मित भए | बुद्धलाई गालि गरेर मुख मा थुकुन्जेल सम्म कुनै प्रभाव परेन् |

उपदेश दिइरहेको ठाउँबाट बुद्ध उठेर अन्तै हिडिसकेका थिए | तर ति व्यक्ति बुद्धलाई गालि गरेर घर गएपछि निकै पश्ताचापले सतायो र उनले सोचे, बुद्धसँग क्षमायाचना माग्नुपर्छ भन्ने निधो गरे | तर बुद्धलाई उनले जुन ठाउँमा गालि गरेका थिए त्यो ठाउँमा बुद्धलाई भेटेनन | बुद्ध उपदेश दिनको लागि अर्कै ठाउँमा हिडीसकेका थिए |

बुद्धलाई खोज्दै ति गालि गर्ने व्यक्ति हिडे, र अर्को ठाउँमा बुद्धलाई देख्ने बितिक्कै उनको खुट्टा ढोगे | उनलाई बुद्धले भने, ‘तिमी को हौ र मसँग किन क्षमा मागिरहेको छौ ?’ ती व्यक्तिले भने, ‘तपाईंले बिर्सनुभयो ? मैले तपाइको अपमान र गालि गरेको थिए |

उनको प्रश्नको जवाफ दिंदै बुद्धले भने, ‘हिजोको कुरा त मैले त्यहाँ नै छोडेर आइसकेको छु र तिमी भने त्यहाँ नै रोकिएको छौं ? तिमीलाई गल्तीमाथि पछुतो छ र तिमीले पश्चाताप गर्यौ | "जसले गर्दा तिमीले पापबाट मुक्ति पायौं" | "विगतको कुरालाई सम्झेर आज हाम्रो बर्बाद हुन्छ " र "यहि सोचका कारण हाम्रो भविष्य समेत अन्धकार बन्छ" त्यसैले बितिको कुरालाई हामी बिर्श्नु पर्छ, र आफ्नो निरन्तर क्रममा अघि बढ्नु पर्छ, बुद्धले उनलाई भने |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की