२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०१९: श्रम प्रशासन सुधार र विकेन्द्रीकरणमा केन्द्रित

२०७६, १५ पुष मंगलवार ११:४५

अशोक घिमिरे | सन् २०१९ मूलतः श्रम प्रशासन सुधार तथा विकेन्द्रीकरण र वैदेशिक रोजगार व्यवस्थापनमा केन्द्रित रह्यो । सोही अवधिमा श्रम कानून परिमार्जन गरी श्रमिकमैत्री बनाउने प्रयत्न भयो । सरकारले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ संशोधन गरी वैदेशिक रोजगारीलाई व्यवस्थित पार्ने कोसिस गर्यो । 

गरिबी, अभाव र बेरोजगारीसँग पौठेजोरी खेलिरहेका नेपाली युवा वैदेशिक रोजगारीका नाममा चर्को ठगीमा पर्दै आएको यथार्थप्रति सरकार कठोर ढङ्गबाट प्रस्तुत भयो । फलतः ठगी न्यूनीकरण गर्ने र म्यानपावर कम्पनीलाई व्यवस्थित बनाउने मुख्य ध्येयसाथ सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरी म्यानपवार कम्पनीको धरौटी वृद्धि गर्यो । 

वार्षिक तीन हजारसम्म कामदार पठाउने म्यानपावरको धरौटी नगद रु ५० लाख र बैंक ग्यारेन्टी रु एक करोड ५० लाख, वार्षिक तीन हजारदेखि पाँच हजारसम्म कामदार पठाउने म्यानपावरको रु एक करोड नगद र रु तीन करोड बैंक ग्यारेन्टी तथा वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने म्यानपावरको धरौटी वृद्धि गरी रु दुई करोड नगद र रु चार करोड बैंक ग्यारेन्टी पुर्याइयो । 

ऐन संशोधन गरी पीडितले सहजै न्याय पाउने अवस्था सिर्जनाका लागि प्रक्रियागत सरलताको बाटो खोलियो । पीडितले उजुरीका लागि वैदेशिक रोजगार विभागमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै आफू बसोबास गर्दै आएको जिल्ला प्रशासन कार्यलयबाटै पीडकविरुद्ध कारवाही र क्षतिपूर्तिका लागि उजुरी दिन सकिने व्यवस्था गरियो । 

वैदेशिक रोजगारीमा रहेका युवाले बढीमा दुई पटकसम्म सम्बन्धित मुलुकको कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था गरिएको छ । विगतमा गन्तव्य मुलुकमा रहेका कामदारको श्रम स्वीकृतिको अवधि सकिँदा नवीकरणका लागि विभाग नै पुग्नुपर्ने अवस्था रहेको थियो । विदेश पठाइदिन्छु भन्दै गाउँगाउँमा युवा ठग्ने म्यानपावर कम्पनीका एजेन्टको पनि संशोधित ऐनले खारेज गरिदिएको छ । सो ऐन गत फागुन १९ गते प्रमाणीकरण भएर कार्यान्वयनमा गइसकेको छ । 

आन्तरिक श्रम बजारमा रोजगारीको पर्याप्त अवसर नहुन्जेलसम्मका लागि वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न यसैअवधिमा विभिन्न कदम चाल्यो । गन्तव्य मुलुकसँग श्रम सम्झौता एवं समझदारी गरेरमात्रै श्रमिक पठाउने नीति अख्तियार गरेको सरकारले केही गन्तव्य मुलुकसँग समझदारीसमेत गर्यो ।

गत चैत ११ गते नेपाल सरकार र जापान सरकारबीच नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ पत्रमा हस्ताक्षर भयो । उक्त समझदारीले जापानमा रोजगारीका लागि जाने नेपाली कामदारले जापानी नागरिकसरह सेवासुविधा प्राप्त गर्ने विश्वसनीय आधार खडा गरेको छ । 

यस्तै अफ्रिकी मुलुक मरिसससँग गत जेठ २८ गते र युएईसँग ३१ गते श्रम समझदारीपत्रमा हस्ताक्षर भयो । जेठ अन्तिम साता स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शत्वार्षिकी कार्यक्रममा ती मुलुकसँग समझदारी भएको हो । दुवै मुलुकबीच भएको समझदारीपछि अब नेपाली कामदारले भर्ना प्रक्रियासँग सम्बन्धित कुनै पनि शुल्क व्यहोर्नुपर्ने छैन भने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नु पर्नेछ ।

सरकारले श्रम, रोजगार क्षेत्रमा आइपर्ने समस्या, गुनासा तथा सुझावलाई तत्कालै सम्बोधन तथा कार्यान्वयन गर्ने उद्देश्यले गत चैत १८ गतेदेखि सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ‘कल सेन्टर’को स्थापना गर्यो । उक्त कल सेन्टरमा आपत्विपत्मा परेका नेपाली श्रमिकले विश्वको जुनसुकै स्थानबाट निःशुल्क फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकारले आन्तरिक श्रम बजारमै रोजगारीका अवसर सिर्जना गर्न र बेरोजगार युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउनका लागि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको गर्नुभयो । आर्थिक वर्ष २०७५/७६ मा झण्डै पौने दुई लाख बेरोजगार नागरिकले छोटो अवधिको भए पनि रोजगारी प्राप्त गरे । 

यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सबै श्रमिकलाई समेट्न सरकारले बहुपक्षीय छलफललाई तीव्रता दियो । हालसम्म सामाजिक सुरक्षा योजनामा करिब ११ हजार ९०२ रोजगारदाता र एक लाख ३५ हजार ४४९ श्रमिक सूचीकृत भएका छन् । त्यस्तै रु ३३ करोड ३५ लाख ११ हजार ९०४ योगदान रकम सङ्कलन भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । 

विकेन्द्रित प्रशासन

श्रम मन्त्रालयले भने वर्ष २०१९ मा आफ्ना केही प्रशासनिक अङ्गलाई विकेन्द्रित ग¥यो । श्रम प्रशासनसम्बन्धी कार्यमा प्रभावकारिता आउने उद्देश्यका साथ प्रत्येक प्रदेशमा कम्तीमा एउटा कार्यालय रहनेगरी सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालयको स्थापना गरियो । 

ती कार्यालयबाट वैदेशिक रोजगारीका सेवा धमाधम प्रवाह भइरहेका छन् । नागरिकले आफू नजिक रहेको कार्यालयबाट सेवा लिन थालिसकेका छन् । प्रदेशबाटै सेवा प्रदान थालिएसँगै श्रम स्वीकृतिका लागि राजधानी धाउनुपर्ने बाध्यता हटेको छ । 

सरकारले गत पुस १५ गतेदेखि प्रदेश नं २ को जनकपुर र प्रदेश नं ५ को बुटवल, गत पुस २६ गतेदेखि गण्डकी प्रदेशको पोखरा, गत माघ ६ गतेदेखि कर्णाली प्रदेशको वीरेन्द्रनगर, माघ ११ गते सुदूरपश्चिम प्रदेशको धनगढी र माघ २३ गतेदेखि प्रदेश नं १ को विराटनगरबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न थाल्यो । 

सोही अवधिमा वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई अनलाइन प्रणालीमा लैजाने महत्वपूर्ण कामको थालनी गरियो । मागपत्रको प्रमाणीकरण, मागपत्रको पूर्वस्वीकृतिदेखि अन्तिम स्वीकृति, श्रमस्वीकृति अनलाइनबाटै प्रदान गर्न थालियो । यस्तै बीमा र कल्याणकारी शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था गरियो । 

वैदेशिक रोजगारमा जाने कामदारको छनोट प्रणालीलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको विकास गरिएको छ । कामदार आफैँले आफ्नो योग्यता र क्षमताअनुसारको वैदेशिक रोजगारीका अवसर खोज्ने गरी अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्ण स्वचालित बनाउने ढङ्गबाट वैदेशिक रोजगार विभाग निरन्तर प्रयत्नशील रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ