२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक कालोपत्र शुरु

२६ पुष २०७६, शनिबार ०३:४८

पुष २६, बागलुङ | जिल्लाको बागलुङ नगरपालिका–६ सिमदेखि वडा नं ७ कालीमाटी पैराबारी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । बागलुङ नगरपालिकाभित्रका वडा कार्यालय जोड्ने सडक कालोपत्र गर्ने योजनाअनुसार गत वर्ष जिल्ला सदरमुकाम हुँदै सिम पुगेको कालोपत्र सडकलाई कालीमाटी जोड्न थालिएको हो । 

बागलुङ बजारदेखि कुडुँले, मालिका, पञ्चकोट हुँदै धम्जा देउराली पुग्ने क्षेत्रीय सडकलाई पालास्थित तितौरेमा जोड्ने गरी कालोपत्रको काम अगाडि बढाइएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । “तीन वर्षभित्र सबै वडा कार्यालयसम्म कालोपत्र सडक पुर्याउने लक्ष्यसाथ काम थालिएको छ, पक्की सडकपछि नगरबस सञ्चालन हुनेछ् ।” सिम कालीमाटी सडक कालोपत्र भएपछि नगरका १४ मध्ये सात वडा कार्यालयसम्म पक्की सडकको पहुँच पुग्नेछ । 

सिम–कालीमाटी सडकको अहिले १.५ किलोमिटर कालोपत्र, २०० मिटर सडक ढलान गर्न २०७६ जेठ ८ गते फेवा कन्ट्रक्शनले ठेक्का सम्झौता गरी स्तरोन्नति थालेको थियो । यही पुस मसान्तसम्म सडक निर्माण सम्पन्न गर्नेगरी काम धमाधम भइरहेको नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले बताउनुभयो । 

शर्माका अनुसार बागलुङ नगरपालिकाको रु एक करोड १८ लाख र गण्डकी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको समपुरक अनुदानको रु एक करोड गरी दुई करोड १८ लाखमा सडक स्तरोन्नति, पक्की नाली, पर्खाल, कल्र्भटलगायका संरचना बनाएर कालोपत्र थालिएको हो । आठ मिटर चौडा सडकमा पाँच मिटर कालोपत्र, १.२ मिटरको पक्की नाली रहनेगरी काम भइरहेको फेवा कन्ट्रक्शनका आधिकारिक प्रतिनिधि राजु पौडेलले बताउनुभयो । पक्की सडकको पहुँच पुर्याउन थालेपछि जिल्ला सदरमुकाम आवतजावत गर्न सहज हुने नगरपालिका–७ का वडाध्यक्ष खजराज पाण्डेयले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ