२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पारिश्रमिक माग्दा गोली खाएका श्रमिकको उपचार खर्च सरकारले व्यहोर्यो

२०७६, २ माघ बिहीबार १७:३०

माघ २, काठमाडौं । सरकारले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार सिएमसीसँग पारिश्रमिक माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागि घाइते भएका दुई श्रमिकको उपचार खर्च सरकारले व्यहोरेको छ ।

गत पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा घाइते भएका आयोजनामा मजदूर बालमुकुन्द अधिकारी र सन्तोष चौधरीको हालसम्मको उपचारखर्च बापतको रु १ लाख ४६ हजार ५४६ व्यहोर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

इटालीयन निर्माण व्यवसायी सिएमसीसँग पाउनुपर्ने पारिश्रमिक माग गर्दै आन्दोलनमा उत्रेका श्रमिकमाथि गत भदौ १९ गते प्रहरीले गोली बर्साएको थियो । प्रहरीको गोली लागि अधिकारी र चौधरी गम्भीर घाइते भएका थिए ।

उनीहरुको हातमा गोली लागेको थियो । चौधरी र अधिकारीको क्षेत्रीय स्वास्थ्य चौकी मेलम्चीमा उपचार भइरहेको छ। पारिश्रमिक भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बुको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि गोली प्रहार भएको थियो ।

आयोजनाको मुहानस्थलमा रहेको अम्बाथानको सुरक्षापोष्ट पार गर्दै करिब ३०० को संख्यामा सहभागी आन्दोलनकारी मुहान क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो । यस्तै सरकारले विदेशस्थित नेपाली नियाेगमा काम गर्ने स्थानीय कर्मचारीकाे पारिश्रमिक वृद्धि गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता