२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरान र अमेरिकाबीच शक्ति संघर्ष कायमै,अमेरिकालाई थपियो यस्तो चुनौती

२०७६, ६ माघ सोमबार १०:४०

माघ ६, एजेन्सी | अमेरिका र इरानबीचको तनावले विश्वलाई नै तेश्रो विश्व युद्धको त्रास छर्यो | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सेना प्रमुख जनरल कासिम सुलेमानिको हत्त्या गरेपछि बदलामा इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गर्यो | जसले गर्दा दुइ देशबीच थप तनाब उत्पन भएपनि दुवै देश आक्रमण र युद्धबाट पछिहट्न बाध्य भए |

फेरी पनि इरान र अमेरिका बिचको शक्ति संघर्ष चलिरहेको छ | इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्प हटाउन संघर्ष थालेको छ भने अमेरिकी फौज इरानबाट बाहिरिए  विजेता इरान हुने अमेरिकी विज्ञहरुको भनाइ छ | इराकको संसदले देशमा रहेका विदेशी फौजलाई बाहिरिन भनिसकेको छ | यो कुरा अमेरिकाका लागि निकै धक्काको बिषय हुने अधिकारीहरुले बताएका छन् | युद्ध अन्त्य गर्ने वाचा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएको तीन वर्षपछि पनि अमेरिकी फौज इरानबाट हटाएका छैनन |

जब अमेरिकाले इरानका सेना प्रमुखको हत्त्या गर्यो त्यसपछि आईएसविरुद्ध अमेरिका–इराकी अपरेसन  ठप्प भएको छ | इराकका  प्रधानमन्त्रीले समेत अमेरिकी फौज फिर्ता हुनुपर्ने बताइसकेका छन् | उक्त निर्णय आगामी हप्ता अर्को सरकारले गर्ने बताइएको छ |

अमेरिकाको बहिर्गमनले थप चुनैती निम्त्याउन सक्ने विज्ञहरुको भनाइ छ | आईएसले विदेशी फौजको अनुपस्थितिमा शक्ति हासिल गर्ने अवसर पाउने र फेरी त्यसले तनाब उत्पन्न गर्न सक्ने विज्ञहरुको भनाई छ | उक्त अवसर पारेर इरानले समेत आफ्नो प्रभावलाई बिस्तार गर्न सक्ने आशंका गरिएको छ |

अमेरिकाको अतिक्रमण पछि तेहरान र वासिन्टन इराकमा  आफ्नो प्रभाव कायम गर्नका लागि संघर्ष गरिरहेका छन | इरानले अमेरिकालाइ उक्त प्रतिष्पर्धामा पछि पारिसकेको छ | मेरिकी अतिक्रमण अवधिमा इरानले  निर्माण गरेका नमिलिसिया समूह अहिले इराकको आधिकारिक सैन्यको अंश बनेको छ |

इरानले इराकमा  राजनीतिक दलभित्र पनि उत्तिकै प्रभाव जमाई सकेको छ | त्यसकारण इराककी संसदले पनि इरानी सैन्य कमान्डर सुलेमानिको हत्या भएपछि इरानको पक्ष लिने बतायो | जसकारण अमेरिकाले सुलेमानिको हत्या पछि अमेरिकालाई इराकबाट निकाल्ने उदेश्य सफल हुने भएको छ |

विज्ञहरुका अनुसार इराकभित्र सबैभन्दा प्रभावशाली देश इरान  भएकोले अमेरिका बाहिरिएपछि उक्त प्रभाव थप बढ्ने छ | हाल  इराकले भोगिरहेको सबैभन्दा ठूलो चुनौती आईएस होइन बरु एक असफल देश हुनबाट बच्नु हो | 

अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पोम्पियोले  भने अमेरिकाले इराक नछाड्ने बताए पनि सेना कटौती गर्ने बताएको छ जसले अमेरिकाको नाक जोगाउने निर्णय गरेको जानकारहरुको धारणा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण