बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि"/>
२८ मंसिर २०८२, शनिबार
अछाम - ACM

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

१७ असार २०७३, शुक्रबार ०५:४४

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् ।

१० बर्ष सम्म भारतको हिमाञ्चल प्रदेशको सोलानमा रहेका दर्जनभन्दा बढि कृषि कर्ममा पसिना बगाएका किसान थम बहादुर वली आफ्नै स्वदेशको माटोमा पसिना बगाउन लागि परेका छन् । राप्ती अञ्चलको विकट जिल्ला रोल्पाको सदरमुकाम देखि ३ घण्डा पैदल दुरीमा रहेको आफ्नो छाडेर उनी रुपन्देही आए 

एक जना साथीको सहयोगमा बुटवल आएका उनी यतै घरजाम गरेर अहिले व्यवसायी कृषि कर्ममा लागेका छन् । देवदह नगरपालिका–९ विशालनगरमा ‘देवदह कृषि फर्म’ स्थापना गरी स्वदेशमा नै राम्रो आम्दानी गरी विदेशको भुमिमा नजाने प्रतिज्ञ समेत गरेका छन् ।

३८ बर्षिय वली भन्छन्–‘अर्काको देशमा पसिना बगाए अव आफ्नै देशमा पसिना बगाएर केहीगर्ने अठोट लिएको छु ।’

जग्गा भाडामा लिए र तरकारी खेती, पशुपालन र च्याउ फर्म समेत स्थापना गरेका छन् । भारतमा केही समय डावर कम्पनीमा समेत काम गर्दथे । मासिक १५ हजार भारु रुपैयाँ आम्दानी गरेका उनी अहिले पनि उक्त कम्पनीले बेला बेलामा फोन गरेर बोलाउने गर्दछ । कुकको काम गर्दै आएका उनी भन्छन्–‘त्यहाँ गएर नोकर होईन म आफ्नै देशमा मालिक बन्न चाहान्छु, त्यहि भएर कृषि कर्म सुरु गरे ।’

बार्षिक ७० हजार रुपैयाँ जमिनको भाडा बुझाउदै आएका उनले पहिलो पटक टमाटर, काउली, बन्दा, खुर्सानी बन्दा खेती सुरु गरेका छन् । रवलीका ३ जना छोरी, एक छोरा र श्रीमती छिन । सबै जना कृषि कर्ममा लागेका छन् । ‘घर परिवारलाई चाहिने अर्गानिक तरकारी यहि नै उत्पादन गरेर खान पाएको छु, आफ्नो पौरखले उब्जाएको तरकारी घर परिवारले मिलेर खाँदा अर्कै आनन्द आउने रहेछ ।’–वली भन्छन् ।

घरमा कुखुरा, ४ वटा गाई समेत पाले उनले आगामी दिनमा व्यवसायीक रुपमा नै पशुपालन व्यवसवायलाई अबलम्बन गर्ने योजनामा रहेका छन् । तरकारी खेतीमा उनले करिव २ लाख रुपैयाँ लगानी गरेका छन् । च्याउ खेती समेत सुरु गरेका वलीले १ सय ७० वटा डल्ला समेत च्याउ राखेका छन् । च्याउमा मात्र ४२ हजार रुपैयाँ लगानी गरेका उनी १ लाख २० हजार आम्दानी हुने अपेक्षा लिएका छन् । जिल्ला कृषि विकास कार्यालयमा केही अनुदानको लागि समेत फर्म भरेका छन् तर अहिले सम्म अनुदान पाएका छैनन् । उनी भन्छन् –‘अनुदानको आसामा रहेको छु ।’

अवको केही बर्षमा प्याज र लसुन खेतीलाई व्यवसायीक रुपमा अगाडी बढाउने र बाख्रा र भैसी पालन समेत गर्ने सोँच लगाएका छन् । भारतमा अरुको खेतमा ठेक्कामा समेत काम गर्दै आएका उनले घरमा नै उत्पादन गरेको तरकारी उत्पादन गर्ने आफुपनि स्वच्छ उपभोग गर्ने अरुलाई पनि खुवाउने योजना रहेको छ । अहिले च्याउ खेती गरेका उनले केही समयमा अचार उत्पादनको लागि अभियान अगाडी बढाएका छन् ।

सिंचाहीको समस्या रहेको भन्दै उनले अहिले डिजेल नपाएको कारण थप समस्या भएको बताए । घोडाहा खोलाबाट पम्पबाट पानी तानेर सिंचाही गरेका उनले नेपाल अभिनास सामाजिक विकास संस्थाले केही सहयोग गरेको छ । – कृष्ण खनाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने