२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कुची छाडेर कुटो तर्फ

२०७३, १७ असार शुक्रबार ०५:४८


बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशामा संलग्न रहेका उपाध्यायले अहिले सेवा निवृत्त भएपछि कृषि कर्ममा हात हालेका छन् । अहिलेको तिलोत्तमा नगरपालिका –१९ टिकुलगढमा उनले पौने ३ विघा क्षेत्रफलका कृषि खेती सुरुवात गरेका हुन । वि.स.२०७० सालमा रस्मी कृषि फर्म स्थापना गरी उनले अहिले तरकारी खेती, माछापालन लगायत व्यवसायिक रुपमा गाई समेत पाल्ने योजना बनाएका छन् ।

उनी भन्छन्–‘पश्चिम पौनी माविमा २४ बर्ष सम्म अध्यापन गरे, सेवा निवृत्तभएपछि अहिले कृषि पेशामा लागेको छु ।’ २० बर्ष सम्म स्थायी शिक्षकको रुपमा र ४ बर्ष अस्थायी शिक्षकको रुपमा काम गरेका उपाध्यायले कृषि क्षेत्रबाट नै केही प्रगति गर्न सकिन्छ भन्ने योजनाका साथ कृषि क्षेत्रमा हात हालेको बताउछन् । ‘घरपरिवारबाट क्याम्पस पढाएर बस्नु भन्दै दबाब दिएपनि कृषि क्षेत्रको लागि केही गर्ने उदेश्य बोकेर कृषिमा हात हालेको छुु ।’–केही दिन पहिला जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको प्राङ्गयणमा भेटिएका उपाध्यायले भने । अहिले १० कठ्ठा क्षेत्रफलमा तरकारी लगाएका उनले टमाटर, भिन्डी, बेसार लगायतका विभिन्न प्रकृतिका तरकारीहरु रोपेका छन् । butwal

एक बर्ष बैदेशिक रोजगारीको लागि मलेसिया समेत गएका उपाध्यायले विदेशी भूमिभन्दा स्वदेशी भूमिनै प्यारो लागेको कारण फर्किएको जानकारी दिए । वि.स.२०७० साल मंसिर महिनाबाट उनी शिक्षक पेशाबाट सेवा निवृत्त भएका हुन । नेपाली विषयमा स्नाकोत्तरतह (मास्टर्स डिग्री) प्रथम श्रेणीमा उत्र्तीण गरेका उनलाई क्याक्पसहरुले अध्यायपनको लागि आउन समेत पटक–पटक आग्रह गरेका थिए ।

उनी थप्छन्–‘क्याम्पसहरुले अहिले पनि पटक –पटक पटक शिक्षण सेवको लागि बोलाउनुभएको छ, तर गईएन, पढाउदा पढाउदा वाक्क लाग्यो ।’ करिव १२ लाख रुपैयाँ लगानीमा फर्म सुरु गरेका उनले सुरुको बर्ष सिकाई बर्षको रुपमा रहेको भन्दै केही काम गर्दा घाटा समेत लागेको बताए । उनले भने–‘गतबर्ष तरकारीमा रोग लागेर केही कठ्ठा तरकारी नस्ट भयो, अहिले सिक्दै छु, हेरौ के हुन्छ ।’ निकट भविष्यमामा व्यवसायिक रुपमा नै कृषि फर्म सञ्चालन गर्ने योजना बनाएका उपाध्ययको परिवारमा श्रीमान् श्रीमती र दुई जना छोरा छोरी रहेका छन् । गत बर्ष करिव २० हजार आम्दानी गरेको बताउने उनले यस बर्ष राम्रो आम्दानी हुने अपेक्षा लिएका छन् । सिंचाइको लागि भैलुभुज(भैरहवा–लुम्बिनी भुमिगत जल)को बोरिङ्गमार्फत प्रयोग गर्दै आएको उनको भनाई रहेको छ । सिंचाइको लागि खासै समस्या नभएको तर नयाँ स्थानको माटो भएको कारण केही समयपछि माटो व्यवस्थापन हुने उनको अपेक्षा रहेको छ ।

उनीले विदेशी भुमिमा पसिना बगाउनु भन्दा पनि स्वदेशमा नै केही कृषिमा काम गर्न सकियो भने विदेश जान नपर्ने उनको भनाई रहेको छ । उनी भन्छन्–‘दुई÷चार पैसा कमाउनको लागि विदेश जानुपर्छ भन्ने छैन, यहि पनि मिहिनेत गर्न सकियो भने राम्रो आम्दानी गर्न सकिन्छ । – कृष्ण खनाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर