सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।

 क्रसरका कारण नदी गहिरो हुँदै गएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।

 क्रसरका कारण नदी गहिरो हुँदै गएका"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भूकम्पका कारण उत्पादन घट्यो

१७ असार २०७३, शुक्रबार ०५:५७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।

 क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।  पानीको अभावमा धान, गहुँलगायतका खाद्यान्न उत्पादन गर्न नसकेका कारण कृषि क्षेत्रमा आएको ह्रासले गर्दा जिल्लावासी अहिले खाद्यान्न किन्न बाध्य छन् । 

 जिल्लामा कुल १२ हजार दुई सय ३५ हेक्टर क्षेत्रफल जमिन भए पनि भूकम्प, असिना पानी, हावाहुन्डरीका कारण उत्पादनमा कमी आएको कृषि विकास कार्यालयले जनाएको छ । क्रसरका कारणले समेत उत्पादनमा मुख्य असर परेको सिपाघाटका स्थानीयवासी किशोर विद्याधरले बताए।

 क्रसरले विभिन्न समयमा खोलाबाट बालुवा गिट्टीलगायतका पदार्थ निकाल्दा नदी गहिरिएर नहरमा पानीसमेत नचढ्ने भएको विद्याधर बताए। यतिमात्र होइन मूल नपलाएकाले, भूकम्पपछि मूल सरेको, सुख्खा खडेरी, भुइँचालोले जमिनमा धाँजा फाँटेको र कृषकले बीउ समयमा राख्न नसकेकाले खेती हुन नसक्दा उत्पादनमा कमी आएको हो।

 मेलम्ची नगरपालिकाका स्थानीय कृषक भीमप्रसाद दुलालका अनुसार नदी गहिरिँदै जाँदा कुलोमा पानी नचढ्ने भएकाले दिनदिनै कुलो खन्न पनि नसकिने हुँदा अहिले कुलोको बाँध पहिलाको तुलनामा पाँच सय मिटर माथि सरेको छ। अर्कोतर्फ समयमा वर्षा नभएकाले पानीको मुहान ठप्प भएपछि कृषकले खेती गर्न नसकेका हुन्। धान, गहुँ, मकैलगायतका उत्पादनजन्य अन्न उत्पादन गर्न नसक्नु र कृषि क्षेत्रमा आएको ह्रासले जिल्लाका कृषक मारमा परेका छन्।

 भूकम्पपछि जिल्लामा राहतको अपेक्षाले खेती गर्ने लहर हरायो । मेलम्ची नगरपालिका-१२ का टोमशंखर दुलालले बताए। ‘गत वर्षको वैशाख महिनामा भुइँचालोले भत्केका संरचना पन्छाउँदै बिताए ।“ अलिअलि झरी परे पनि धान रोप्नका लागि पुग्ने पानी नपरेकाले धानबाली लगाउन सकिएन।

 कृषकले अब क्रसरको लापर्बाही सहेर नबस्ने र सम्बन्धित प्रशासनले ध्यान नदिए सिधै आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ