"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
"/>
2026-09-07 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ऐश्वर्याले छाडेका सुपरहिट फिल्महरु


मुम्बई । बलिउड नायिका ऐश्वर्या राय वच्चन अभिनित केही फिल्म अत्याधिक हिट छन् । कति फिल्म असफल पनि भए होला तर, ऐश्वर्या बलिउडमा एउटी सफल नायिकाको रुपमा चिनिन्छिन् ।

ऐश्वर्याका प्रशंसकहरुलाई जानकारी नहुनसक्छ । कुछ कुछ हो ता है, कभी खुसी कभी गम लगायत केही चर्चित फिल्मवाट पहिलो प्रस्ताव ऐश्वर्यालाई आएको थियो । ऐश्वर्याले प्रस्ताब अस्वीकार गरेपछि मात्रै अन्य नायिकाले अभिनय गरेका थिए ।

ऐश्वर्याको भनाई अनुसार जतिवेला उनी अमेरिकामा ‘आ अब लौट चले’ को सुटिङको तयारीमा थिइन् निर्देशक करण जौहरले कुछ कुछ होता है मा काम गर्नुपर्ने प्रस्ताब राखे । ‘आ अब लौट चले’ मा उनले ४० दिन काम गर्नुपर्ने थियो त्यसकारण करण जौहरको फिल्ममा काम गर्न सकिनन् ।

अर्को फिल्म ‘कभी खुसी कभी गम’ मा पनि पहिलो प्रस्ताब उनैलाई आएको थियो । काम गर्न भ्याइनन् । सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘बाजीराव मस्तानी’ मा पनि निर्देशक भन्सालीले पहिलो प्रस्ताब ऐश्वर्यालाई राखेका थिए । ऐश्वर्याले नमानेपछि मात्रै दीपिका पादुकोण अनुबन्ध भएकी थिइन् ।

ऐश्वर्याले छाडेको अर्को चर्चित फिल्म हो ‘राजा हिन्दुस्तानी’ निर्देशक धर्मेश दर्शनले करिश्मा कपुर भन्दा पहिला ऐश्वर्यालाई प्रस्ताव राखेका थिए । मिस वल्ड कम्पीटिशनमा भाग लिन जानुपर्ने भएकाले ऐश्वर्याले काम गर्न सकिनन् ।

विपुल शाहले पनि सुपरहिट फिल्म ‘नमस्ते लण्डन’ मा ऐश्वर्यालाई नै पहिलो प्रस्ताव राखेका थिए । ऐश्वर्याले काम गर्न नभ्याएपछि मात्रै कटि्रना कैफले काम गरेकी थिईन् । शाहरुख खान र प्रीति जिन्टा अभिनित ‘वीर जारा’ मा पनि पहिलो प्रस्ताब ऐश्वर्यालाई नै गएको थियो । ऐश्वर्याले काम नगरेपछि मात्रै पि्रतीले काम गरेकी थिइन् ।

अत्याधिक सफल भएको चलचित्र ‘मुन्ना भाई एमबीबी एस’ मा पनि निर्देशक राज कुमार हिरानीले ग्रेसी सिंहको ठाउँमा ऐश्वर्यालाई प्रस्ताब गरेका थिए । ऐश्वर्याले नमानेपछि मात्रै ग्रेसी अनुबन्ध भएकी थिइन् । शाहरुख खान अभिनित अशोकामा ऐश्वर्याले नमानेपछी मात्रै करिना अनुबन्ध भएकी थिईन् । चलते चलते, दोस्ताना, वक्त लगायतका फिल्ममा पनि पहिलो प्रस्ताव ऐश्वर्यालाइ नै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित