२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरमा कलभर्ट बनेपछि एक घण्टाको बाटो दुई मिनेटमा

२०७६, १२ माघ आईतवार ०८:४७

माघ १२, कंचनपुर | भीमदत्त नगरपालिका–१३ भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो कलभर्ट निर्माण पूरा भएपछि एक घण्टाको बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ। वडा कार्यालयले  सात लाख खर्चेर कलभर्ट निर्माण पूरा गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा निकै सहज भएको हो।

“नालामा कलभर्ट निर्माण नहँुदा एम्बुलेन्स, दमकललगायत साधन बस्तीसम्म पु¥याउन सम्भव थिएन”, वडाध्यक्ष लालबहादुर शाहीले भने, “कलभर्ट बनेपछि सवारीसाधन सहज रुपमा बस्तीमा पुग्न थालेका छन्।” “नालामा कलभर्ट नहँुदा तीन किलोमिटरको घुमाउरो बाटो भएर जान एक घण्टा लाग्थ्यो”, स्थानीयवासी रमेश पन्तले भने,

“अब त्यो बाटो दुई मिनेटमै पूरा गर्न सकिने भएको छ, नालामा कलभर्ट निर्माण पूरा नहुँदा बस्तीका कोही बिरामी परेमा नालाको कम्मरसम्मको पानी तरेर पार गर्नु पर्दथ्यो।” नालामा कलभर्टसँगै तटबन्धसमेत निर्माण गरिएकाले नालाको नजीकैको बस्तीमा बर्सातको पानीसमेत छिर्दैन।

नालाको पानी स्थानीय बासिन्दाको खेतमा छिर्दा बालुवाले पुर्ने समस्या थियो।  नालामा कलभर्ट निर्माणको कार्य १३ वर्षअघि शुरु गरिएको थियो ।  धेरै पटक नगरपालिकादेखि विभिन्न निकायमा कलभर्ट निर्माण पूरा गरिदिन गाउँका बासिन्दा पुगे पनि बन्न सकेको थिएन।

कलभर्ट निर्माण नहुँदा  २५ हजार प्रतिकट्ठा जग्गामा बिक्री नहुने गरेको जग्गाको भाउसमेत बढेको छ। प्रतिकट्ठा जग्गाको मूल्य हाल रु सात लाखभन्दा बढी पुगेको स्थानीयवासीको भनाइ छ। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल