कृष्ण उफान | नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण उफान | नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो ब"/>
२८ मंसिर २०८२, शनिबार
अछाम - ACM

मोवाइलमा अल्झिएको प्रेम (हास्यव्यङ्ग्य)

१७ असार २०७३, शुक्रबार ०९:१५

कृष्ण उफान | नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ । अँझ नयाँ नयाँ आविष्कारको खोजी गरेर विश्वलाई उथलपुथल पारिदिए पनि हुन्छ जस्तो लाग्छ ।

म पनि त नयाँ नयाँ प्रविधिबाट अलग्गिन सकिन । एउटा थोत्रो खालको मोबाइल बोकेर हिड्न थाले । कही कतैबाट फोनको घन्टी बज्नासाथ हतार हतार फोन उठाउछु । एक पटक नयाँ नम्बरबाट फोन आएकोले मैले फोन गर्ने पात्र पहिल्याउन सकिन । हेलो को बोल्नुभएको र कसलाई खोज्नुभएको भनेर मैले सामान्य औपचारिकता दर्शाए । “के चिनेर पनि नचिनेको जस्तो स्वाँगे अभिनय गर्नुहुन्छ” भनेर उल्टै प्रतिप्रश्न तेस्र्याइन् । म अवाक भए । तैपनि पहिचान गर्ने चेष्टा गरे । सकेसम्म सम्झने र चिन्ने प्रयास गरे,न्वारानदेखिको बल बुद्धि लगाए तर मेरो कुनै बुता चलेन । पुनः नम्र स्वरमा भने “मैले हजुरलाई चिन्न मुस्किल पर्यो कृपया परिचय पाउन पाँए गफको शिलसिला अगाडि बढाउन सजिलो हुने थियो कि ?” अब त मानिस चिन्न पनि छोड्नु भएछ त । यसो के स्थानीय साप्ताहिक पत्रिकामा स्तम्भ चलाउन थाल्नुभएको छ अब त मान्छे चिन्न पनि छोड्नुभयो ? मलाई पनि ज्यादै जङ चल्यो । हजुरले गलत नम्बरमा फोन गर्नुभएको जस्तो छ । एक पटक राम्रोसँग नम्बर हेरेर फोन गर्नुहोला भनेर फोन राखिदिए ।

एक छिन पछि पुनः त्यही नम्बरबाट फोन आयो । फोन उठाए हेलो तपाईले कसलाई खोज्नुभएको हो ? मैले हजुरलाई नै खोजेको हो । कृष्ण उफान भनेको तपाई होइन ? म तपाईको लेखको फ्यान हूँ । मलाई तपाईको लेखहरू असाध्यै मन पर्छन् । म दोहोर्याई दोहोर्याई पढ्छु । त्यतिले पनि चित्त नबुझेर पुनः पढ्न विवश हुन्छु । असाध्यै चोटिला लेखहरू लेख्नुहुन्छ तपाईलाई धेरै धन्यवाद मात्र के भनेकी थिइन् । हजुर मेरो लेखको फ्यान बन्नुभएकोका धेरै धेरै धन्यवाद भन्दै फोन राखिदिए । मलाई यस्तरी फुक्र्याएको सायद जीवनमा नै पहिलो पटक हो । त्यसैले गर्वले आफ्नो नाक त घिरौलाभन्दा पनि ठूलो भएछ कि क्या हो भनेर हतार हतार नाक छामेको त के को घिरौला जत्रो हुनु नि । बदलिदो मौषमको कारण रूखाखोकी र मर्कीले गर्दा नाक भरी लत्पतिएको नाके सुली पो हात भरी लागेर बेहालत बनायो ।

पुनः मोबाइलमा घन्टी बज्न थाल्यो । मलाई हैरान नै बनाउने भइन् । करले फोन उठाए हेलो फेरि किन फोन गर्नुभएको भनेर प्रश्न तेस्र्याए । अरे किन रिसाउनुहुन्छ । मरी जाने चोलामा मरेर के लानु छ र ? किन मदेखि उतर्सिएर भाग्न लाग्नुभएको ? के फोनबाट गफ गर्न पनि लाज लाग्छ कि क्या हो ? भनेर प्रश्नहरू पो वर्षाउन थालिन् । अब चाहि साँच्चै नै मज्जाले गफ गर्ने विचारले उनको परिचय सोध्न थाले । तर उनले मलाई आफ्नो वास्तविक परिचय दिन हिचकिचाइन् । ठिकै छ, मेरो लेखलाई ध्यान दिएर पढ्नुभएकोमा हार्दिक धन्यवाद । अब आइन्दा घरी घरी फोन गरेर मलाई हैरान नपार्नु भएमा धेरैभन्दा धेरै राम्रो हुने थियो कि ? भन्दै फोन राखिदिए ।

म आफैले फोन नगर्नुहोला भनेर सरकारले राष्ट्रपतिलाई आफ्नो मान मर्यादामा रहनुहोला भनेर दिएको झै उनलाई चेतावनी दिए । पछि मन भरी उकुसमुकुस भएर खुल्दुलीले काइदाले डेरा जमायो । मलाई घरी घरी फोन गरेर मिठा मिठा गफ गर्ने, कोइलीको झै सुरिलो आवाज भएकी ती नारी आवाज कसको होला भन्ने कुराले मेरो मथिङ्गलमा घुमिरह्यो । जति सम्झाउन खोजे पनि मनले अटेर गरेर तिनकै फोनको प्रतिक्षामा बसिरहे । भोलिपल्ट पनि उही समयमा त्यही नम्बरबाट फोन आयो । मेरो प्रतिक्षाको घडी समाप्त भयो । अघिल्लो दिनकोभन्दा नम्र भएर मैले फोन उठाए हेलो आज फेरि किन फोन गर्नुभएको त ?मैले केही सेवा गर्र्नु पर्छ कि? “लामो सुस्केरा हाल्दै हरे ! किन त्यस्तरी आत्तिनु भएको ? एक जना केटीले फोन गर्दैमा के के न भएको जस्तो गरी आत्तिनुहुन्छ भने तपाईले जीवनमा के गर्न सक्नु होला र ? परेवाकोभन्दा पनि सानो मुटु छ कि क्याहो ? नआत्तिनुहोस् न तपाईलाई म मेरो मनका कुराहरू मन खोलेर भन्न चाहन्छु । यदि मलाई अनुमतिदिनुहुन्छ भने म मेरा मनमा गुम्सिएर बसेका, उकुसमुकुस भएर मडारिएका सबै कुराहरू ओकल्ने विचारमा छु । चाहना, आकांक्षा र रहरहरू तपाई समक्ष पेश गर्ने इच्छा छ ।” म ज्यादै दोधारमा परे । बाबुराम नेतृत्वको सरकार जस्तो । सरकारमा टासिएर बसिरहू भने संविधान बनाउनको लागि दम छैन ।

निर्वाचनमा जाउँ भने प्रतिपक्ष सधैं विरोधमा उत्रिरहन्छ । सरकारबाट बाहिरिन खोज्यो भने दलभन्दा बाहिरको बहादुरलाई सरकार छोडेर जानुपर्ने स्थिति आउँला जस्तो छ । अनुमति नदिउ भने घरी घरी फोन गरेर हैरान पार्छिन् । अनुमति दिउ भने कुन भड्खालोमा जाक्ने हो ? मानिसमा कुनै न कुनै स्वार्थ नभइकन यसरी कुनै अपरिचित व्यक्तिसँग नजिकिन खोज्दै खोज्दैन । स्वार्थी दुनियामा कुन माइकेलाल होला र अरूको हितको लागि मात्र काम गर्ने ? न प्रेम प्रस्ताव राखेर मेरो जिन्दगीको सुन्दर बगैंचामा भाइरस बनेर छिर्ने प्रयास गर्ने हुन् ? मेरो एउटा छुट्टै सानो घर संसार छ । मसँग जे छन् त्यहीमा सन्तुष्टिका साथ रमाइरहेको छु । आँट नभएको छोरो र रूप नभएको छोरीको काम छैन भन्ने हुन् कि ? कतै यस्तो अल्झोमा पारेर “तीन वटा गोरु हल पक्का दुई वटी स्वास्नी घर पक्का” भनेर मलाई अर्थ्याउने पो हुन् कि ? यस्तै यस्तै कुराहरू मेरा मनभरि जेलिएका छन् । नेपाली राजनीतिमा जस्तो सहमतिको डोरी तन्काएर राख्न पनि मन छैन । अर्को कुरा उनलाई आश्वासनमा अल्झाएर नेताहरूको जस्तो झुटो बोल्न पनि आउदैन । दुविधामा अल्झिएको मनले कहिले शान्ति पाउने हो ? नेपालीले आशा गरेको नयाँ नेपालको संविधान नपाए झै आशातित आशामा अल्झेर बसिरहनु पर्ने त होइन ? विज्ञ पाठक वृन्द ! प्रेममा भुक्तभोगी भएर प्रेम विश्वविद्यालयबाट पिएचडीको उपाधी पाइसक्नुभएको छ कि ? यदि प्रेममा विज्ञ हुनुहुन्छ भने मोबाइलमा अल्झिएको प्रेमबाट कसरी छुटकारा पाउने हो ? कुनै तौरतरिका भए मलाई सुटुक्क बताइदिनुहुन्छ कि ?

- कृष्ण उफान | मन्थली– २, रामेछाप  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ