२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ जिल्लामा चाहिनेभन्दा बढी, देशभर ५६ हजार शिक्षक अपुग

१९ माघ २०७६, आईतवार ०२:२२

 माघ १९, काठमाडौं । देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम सकिने बताए पनि अपुग रहेको शिक्षकको बारेमा के गर्ने भन्ने विषय निर्णय गर्न सकेको छैन ।

तथ्याङ्कअनुसार सबैभन्दा बढी मावि तहमा शिक्षकको अभाव देखिएको छ । मावि तहमा १९ हजार १ सय १ जना शिक्षक अपुग छन् । त्यस्तै, निमावि तहमा १८ हजार १ सय ४० र प्राविमा १६ हजार ६ सय २१ तथा उच्च माविमा २ हजार ४ सय २० शिक्षक अपुग रहेको बताइएको छ ।

पूर्वसचिव महाश्रम शर्माको कार्यदलले देशैभर तहगतरुपमा अपुग भएको शिक्षकको सङ्ख्या उल्लेख गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । सोही आधारमा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले अपुग शिक्षकको तथ्याङ्क निकालेको हो ।

मन्त्रालयले दरबन्दी पुनर्वितरण कार्यविधि २०७६ पास भएसँगै मन्त्रालयले शिक्षक पुनर्वितरण गरिसकेपछि अपुग शिक्षकको विषयमा छलफल गर्ने र शिक्षक सेवा आयोग स्थायी शिक्षकको आवेदन खुला गर्ने तयारी गरेको छ ।

एकातिर शिक्षक अपुग छन् भने केही जिल्लामा बढी दरबन्दी पनि छ । पछिल्लो तथ्याङ्कअनुसार १५ जिल्लामा चाहिनेभन्दा बढी शिक्षक रहेका छन् ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य