ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ब"/>
२०८३, २ जेष्ठ शनिबार
अछाम - ACM

बिबाह भएको १९ बर्षपछी पतिलाई थाहा भयो.. उसकी पत्नी महिला होइनन्, पुरुष हुन्

२०७३, १९ असार आईतवार ११:५२

बेल्जियम | यस्तो समाचार जो झट्ट सुन्दा पत्याउन गाह्रो छ तर यो समाचार सत्य हो | बेल्जियमका एक व्यक्तिले बिवाह भएको १९ बर्षपछि थाहा पाएकी उसकी पत्नी महिला होइनन्, पुरुष हुन् |

बेल्जियममा बस्ने जेनले १९ बर्ष अघि इन्डोनेशियाकि मोनिका नाम गरेकी एक युवतीसँग दोश्रो बिवाह गरेका थिए, बिवाहपछी जेनले आफ्नी पत्नी मोनिकालाई बेल्जियम लिएर गए | जेनका अनुसार यौन सम्बन्धको अवस्थामा मोनिका सेनिटरी टावेल प्रयोग गर्थिन् | जेनले आफ्नो यौन सम्बन्धलाई त्यति सिरियस रुपमा लिएनन् | जेनको पहिलो बिबाहबाटै दुई बच्चा थिए र मोनिकाले बच्चा नजन्माउने फैसला लिएकी थिईन् |

जेनले बताए अनुसार शुरूमा मोनिकाको व्यवहार ठिकै थियो | पछी हुँदैजाँदा जब मोनिका फुल टाइम जब गर्न थालिन् तब समस्या सुरु भयो | काममा लागेपछी मोनिकाले जेनप्रति गर्ने व्यवहार फेरियो | जेन र मोनिकाबीच झगडा हुन थाल्यो | एकदिन जेनका साथिले उसलाई भने कि मोनिका लिंग परिवर्तित पुरुष हुन् | जेनलाई साथिको कुरामा विश्वास लागेन तर जेनको छोराले पनि मोनिकाको बारेमा यस्तै कुरा सुनाए | एकदिन जेनले मोनिकालाई भने – ‘तिमी एक पुरुष हौ, यो कुराको सत्यता मैले पत्ता लगाएको छु |’

यसपछी मोनिकाले भनिन् ‘म एक पुरुष नै हुँ, पछी मैले आफ्नो लिंग परिवर्तन गरें, तर अब म एउटी महिला हुँ र यसैले मैले यसबारे बताउन आवश्यक ठानिन |’ यो कुरा आफ्नै श्रीमतीबाट सुनेपछी जेनले मोनिकासँग सम्बन्ध बिच्छेद गरे र उनि बिरुद्ध अदालतमा मुद्धा हाले | साथै घटनापछी जेनको मानसिक अवस्था अस्वस्थ भएपछी उनि अहिले मानसिक उपचार गराउँदै छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट