२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस निकट म्यानपावर व्यवसायी फोरमको अध्यक्षमा नरेन्द्र ढकाल विजयी, अरु को को छानिए ? हेर्नुहोस

२५ माघ २०७६, शनिबार १६:०८

माघ २५, काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा नरेन्द्र ढकाल विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा ढकालले निकटतम प्रतिद्वन्द्वीहरु भुवन सिं गुरुङ, ऋषि शर्मा र सीता देवकोटालाई पराजित गरि विजयी भएका हुन् ।

ढकालले १०३ मत ल्याई अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गुरुङले ५६, शर्माले ४४ मत र सीता देवकोटाले ३९ मत ल्याए । फोरमको वरिष्ठ उपाध्यक्षमा तारानाथ अर्याल १०४ मत ल्याई विजयी भएका छन् । अर्यालका निकटतम प्रतिद्वन्द्वी भगीरथ राई ( रमेश ) ले ८३ मत र अर्का उम्मेद्वार थिरमणि पौडेलले ५३ मत प्राप्त गरे ।


यस्तै उपाध्यक्ष पदमा मत प्राप्त गर्दै जनक खड्का (प्रकाश) १६३ मतका लाथ बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मोहन कुमार ढुंगेलले ७६ मत र अर्का उम्मेद्वार मित्र देव घिमिरे (गोपाल)ले ६१ मत प्राप्त गरेका छन् । यसैगरी महासचिव पदमा १५३  मतका साथ भवानी निरौला बिजयी भए । उनका प्रतिस्पर्धी चिरञ्जीवी बस्यालले  ८६ मत प्राप्त गरे ।

सचिव पदमा कमल काफ्ले १६० मतका साथ विजयी भएका छन् भने उनका प्रतिद्वन्दी प्रकाश बोहराले  ७८ मत मात्र ल्याए । त्यस्तै कोषाध्यक्षमा १०३ मत ल्याएर कृष्ण कुमार जैशी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी सञ्जय पनेरुले ६९ मत र अर्का उम्मेद्वार इन्द्र प्रसाद आचार्यले  ६७ मत मात्र ल्याए । 

यसअघि सहकोषाध्यक्ष पदमा अमिर बाँस्तोला निर्विरोध निर्वाचित भएका थिए भने १० सदस्य पदमा इश्वर सापकोटा, नारायण भुषाल, तोरण कुमार कार्की, चन्द्र बहादुर लिम्बु, सेते लाल पौडेल, नरेन्द्र मणी पराजुली, विक्रम श्रेष्ठ, नगेन्द्र प्रसाद पोखरेल (नवीन), राजेश गोतम र राजेश यादव निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचनमा कुल २४४ मत खसेको थियो भने २ मत बदर भएको थियो ।

कांग्रेस निकट म्यानपावर व्यवसायीलाई चुनावी रन्को, को को छन् अध्यक्षका दावेदार ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने