Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

किन आफ्नै पिसाब पिउँदैछन् चिनियाँहरु ?

१९ असार २०७३, आईतवार २०:१२

चिनियाहरुले आफ्नै पिसाब पनि पिउन थालेका छन् । चीनमा अहिले आफ्नो पिसाब पिउने एक प्रकारको ट्रेण्ड नै चलेको छ । जिउलाई स्वस्थ राख्नका लागि आफ्नै पिसाब पिउनका लागि प्रोत्साहन गर्न चीनमा एउटा संस्था नै खुलेको छ । जसको नाम हो चिनिया युरिन थेरापी एसोसिएसन ।

चीनको उहान सहरको कंगयुयुयान क्षेत्रमा यो संस्था रहेको छ । यो संस्थासँग आबद्ध सबै मानिसहरुले आफ्नै पिसाब पिउने गरेका छन् ।

बाओ याफु र यी डोंगसान नामका दुइ व्यक्तिले पिसाब पिउने यो अभियनको सुरुवात गरेका हुन् । यी दुइजना हरेक दिन बिहान बिहान चिनिया युरिन थेरापी एसोसियसनको बाथरुमबाट निस्किन्छन् । उनीहरु बाथरुममा छिरेर कपमा पिसाब गर्दछन् र पिसाब लिएर बाहिर आउँछन् र कपको पिसाब सनक्क पिउँछन् । 

युरिन थेरापी एसोसिएसन नामक संस्थाका अनुसार मानिसको पिसाबले घाउ, कब्जियत लगायतका रोगबाट मुक्ति दिलाउँदछ । एसोसिएसनका सदस्यहरुले पिसाब पिउने मात्र होइन पिसाबले आफ्नो मुख तथा आँखा पनि सफा गर्दछन् । अनुहारमा चमक ल्याउन तथा आँखाको ज्योति गुम्न नदिनका लागि पिसाब निकै सहयोगी हुने विश्वास उनीहरुमा छ । स्मरण रहोस् भारतका पूर्व प्रधानमन्त्री मोरारजी देसाइले समेत आफ्नै पिसाब पिउँदथे ।

यो संस्था सन् २००८ मा स्थापना भएको हो । तर यसलाई चीनको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म मान्यता दिएको छैन । सन् २०१० मै यो संस्थाका सदस्य ८ सय पुगेका थिए अहिले १ हजार पुगिसकेका छन् । सदस्यहरु सबै बिहानै संस्थाको कार्यालयमा जम्मा भएर बाथरुममा गई कपमा पिसाब फेरेर पिउँछन् । साथै उनीहरु विभिन्न खाले व्यायाम पनिसँगै गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार