२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

लालबन्दी केन्द्रको महसुल बक्यौता रु १३ करोड भन्दा वढी नाघ्यो

२०७६, ४ फाल्गुन आईतवार ०३:०३

फागुन ४, सर्लाही | विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको महसुल बक्यौता रु १३ करोड भन्दा वढी नाघेको छ । चालू आर्थिक वर्षको आठ महिनासम्म प्राधिकरणले ग्राहकबाट असुल गर्नुपर्ने महसुल बक्यौता रु १३ करोड ८५ लाख २० हजार २०० पुगेको छ । 

केन्द्रका प्रमुख सुधिरकुमार रायले कूल ग्राहकमध्ये उद्योग, कलकारखाना र गार्हस्थ्यका ग्राहकबाट सो रकम महसुल बक्यौता रहेको जानकारी दिनुभयो । केन्द्रको त्रिचालिस हजार ९०० ग्राहक मध्ये ५० प्रतिशतले मात्र नियमित महसुल बुझाउने गरेका र  लाइन नकाटेसम्म बाँकी ग्राहकले महसुल नबुझाउने गरेको उहाँले बताउनुभयो । ती ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य र बाँकी ६ प्रतिशत उद्योगधन्दा सेवाग्राही रहेका जनाइएको छ ।

बक्यौता  सबैभन्दा धेरै  ओम शान्ति फ्रुट प्रोडक्सन प्रालिको रु २७ लाख ५० हजार ८१२ रहेको जनाइएको छ ।  तर सो प्रालिले मासिक रु १० लाखभन्दा बढी महसुल नियमित तिर्ने गरेको कार्यालयले जनाएको छ । त्यसैगरी केही ग्राहकले समयसमयमा मात्र नभई लाइन काटिँदासमेत विद्युत् महसुल बक्यौता नतिरेका कारण कालो सूचीमा राखिएको छ । 

सामान्यतय दुई महिना अर्थात ६० दिनसम्म बक्यौता महसुल बुझाउने ग्राहकको लाइन नकाटिएको र सो समयभन्दा बढी समयसम्म पनि महसुल बुझाउन नआउने ग्राहकको लाइन काटिएको छ । “आफूहरुले महसुल बुझाउने समय नाघेका ग्राहकहरुलाई एक पटक विद्युत् महसुल बुझाउन आउन आग्रह गर्ने गरेको र सो समयमा महसुल बुझाउन नआउने वा कार्यलयको आग्रहलाई बेवास्ता गर्ने ग्राहकहरुको लाइन काट्ने गरेको छौ, ” उहाँले भन्नुभयो ।  कतिपय ग्राहकहरु लाइन काटिएपछि मात्र महसुल बुझाउन आउने गरेका कार्यलयले जनाएको छ ।  

गार्हस्थ्य तथा औद्योगिक क्षेत्रका ग्राहकहरु मात्र नभई सरकारी तथा गैरसरकारी कार्यालयहरु पनि विद्युत् महसुल समयमै नतिर्ने सूचीमा परेका छन् ।  मिटर जडान नगरी विद्युत् तारमा हुक लगाएर तथा मिटरबाट नै चोरी गरी बत्ती बाल्नेहरुको सङ्ख्यामा  केही सुधार आएको कार्यालयले जनाएको छ ।  ७२ जना ग्राहकलाई चोरी चुवाहटमा संग्लग्न भएको भन्दै कारवाही गरिएको छ । 

लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिका सबै वडा, वाग्मती नगरपालिकाका ६  वडा, कविलासी नगरपालिकाका वडा नम्बर १ र २ का साथै हरिपुर नगरपालिकाका सबै वडाहरु विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको सेवाक्षेत्र रहेको  छ ।  चालू आर्थिक वर्षको श्रावणदेखि माघ २७ गतेसम्म रु १७ करोड ४६ लाख ५९ हजार ८०० महसुल सङ्कलन र  साही अवधिमा रु १३ करोड ११ लाख ३६ हजार २१२ महसुल बक्यौता बाँकी रहेको कार्यालयले जनाएको छ । 

चालू आर्थिक वर्षको माघ महिनासम्ममा २८२ जना ग्राहकको महसुल नतिरेका कारण लाइन काटिएको उनीहरुबाट रु एक करोड १८ लाख ९५ हजार १२१ बराबर बक्यौता रहेको थियो । २०६ ले विद्युत् महसुलबापतको रकम रु ७३ लाख ८१ हजार २१८ तिरेर लाइन पुनःसुचारु गरेको  कार्यलयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा