2026-09-19 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईको फोन हरायो ? यसरी पत्ता लगाउनुस्

फागुन ४, एजेन्सी | अचानक कुनैबेला आफ्नो फोन हरायो भने झसंग भइन्छ | आजकल फोन भन्दा नजिकको साथि अरु कोहि लाग्दैन | हरेक समयमा प्राय मानिसहरुले स्मार्ट फोन बोकेकै हुन्छ्न | यस्तो स्मार्ट फोन हराउँदा सबैभन्दा ठूलो खतरा आफ्नो डाटा अरुले दुरुपयोग गर्छ कि भन्ने डर हुन्छ |

यसरी हराएको फोन थाहा पाउनका लागि केही सेटिङ मिलाएर तपाईं आफ्नो हराएको वा चोरी भएको स्मार्ट फोनको लोकेसन ट्र्याक गर्न सक्नुहुन्छ, र यसका सबै डाटा मेटाउन पनि सक्नुहुन्छ। एन्ड्रोइडमा एक बिल्ट इन ट्र्या्किङ फिचर हुन्छ। यसलाई प्रयोग गरेर तपाईं आफ्नो फोनको लोकेसन पत्ता लगाउन सक्नुहुन्छ |

यसका लागि नययनभि.अयmरबलमचयष्मरमभखष्अझबलबनभच मा जानुहोस् र आफ्नो गुगल एकाउन्ट लगइन गर्नुहोस्। तपाईं जुन गुगल एकाउन्ट लगइन गर्नुहुन्छ, त्यो एकाउन्टसँग जोडिएका सबै एन्ड्रोइड डिभाइसको लोकेसन गुगल म्यापको सहायताले यहीँबाट हेर्न सकिन्छ। यहाँबाट तपाईंले आफ्नो फोनमा घन्टी बजाउन पनि सक्नुहुन्छ। एउटा यस्तो अप्सन छ, जसबाट तपाईं आफ्नो फोनमा भएको सबै डाटा मेटाउन सक्नुहुन्छ। र, मोबाइल लक पनि गर्न सक्नुहुन्छ।

यसको विकल्पमा तपाईं एबीजी, अवास्ट, क्यास्परस्काई, या लुकआउटको एन्टिभाइरस एप पनि प्रयोग गर्न सक्नुहुन्छ। यी एप्समा पनि रिमोट ट्र्याकिङ र डिभाइस लक तथा डाटा इरेजको सुविधा छ। आइफोनका लागि बिल्ट–इन एन्टीथेफ्ट एपको सुविधा छ, जुन सबै एप्पल आइओएस डिभाइसका लागि उपयोगी छ। यो एपको नाम फाइन्ड माई फोन हो। यसले तपाईंको आइक्लाउड एकाउन्टको माध्यमबाट काम गर्छ।

Icloud.com मा गएर तपाईं आफ्नो फोनको लोकेसन पत्ता लगाउन, फोनमा मेसेज पठाउन, फोन लक गर्न र डाटा इरेज गर्न सक्नुहुन्छ।  यसका लागि तपाईंले आफ्नो मोबाइलको लोकेसन सर्भिस इनेबल गरेको हुनुपर्छ | यो फिचर प्रयोग गर्न चाहेमा थर्ड पार्टी एप पनि प्रयोग गर्न सकिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई