2026-10-23 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनावारी जाँच्न छात्रालाई अण्डरवेयर खोल्न लगाएपछि…

फागुन ७, एजेन्सी | भारतको गुजरात स्थित एक कलेजले महिनावारी भए नभएको जाँच्न भन्दै छात्राहरूलाई कपडा खोल्न लगाएको छ | जरातको भुजस्थित सहजानन्द गर्ल्स कलेजका ६८ जना छात्रालाई अन्तरवस्त्र खोल्न दबाव दिइएको समाचार एजेन्सी एएनआईले जनाएको छ |

बिहिबार भएको उक्त घटनामा किशोरीहरूलाई होस्टेल रेक्टर अञ्जलिबेन र अर्की महिला शिक्षिकाले बाथरुममा लाइन लगाएर अण्डरवेयर खोल्न भनेका थिए। महिला रेक्टरले प्रिन्सिपल रिता रनिङ्गा समक्ष ’किशोरीहरूले महिनावारी नबार्ने र महिनावारी भएका बेलामा पनि भान्सामा छिरेर धार्मिक मान्यता उल्लंघन गर्ने गरेको’ गुनासो गर्दै आएकी थिइन् |

होस्टेलको नियम नमानेको भन्दै गालि गरेको र प्रिन्सिपललाई  डाकेर गालि गर्न लगाएको विद्यार्थीको गुनासो छ | प्रिन्सिपलले क–कसलाई महिनावारी भएको छ? भनेर सोधिन’, छात्रामध्येकी एक दुर्गा (नाम परिवर्तन)ले भनिन, ’हामीमध्ये महिनावारी भएका दुईजना अलग्गिएर अर्कातिर सर्यौँ |

त्यसपछि सबैलाई लाइन लगाएर बाथरुम लगिएको बताइएको छ | अञ्जलीबेन र अर्की महिला शिक्षिकाले अण्डरवेयर खोल्न लगाएको ति छात्राको भनाई छ | उक्त घटना प्रकाशित भएपछि चारैतिर आलोचना भएको छ |’आधुनिक, वैज्ञानिक र मूल्यमान्यतामा आधारित शिक्षा पद्धतिमार्फत आत्मविकास तथा शशक्तिकरण’ नारा भएको शिक्षालयमा यस्तो घटना हुनुलाई धेरैले लज्जास्पद भएको तर्क गरेका छन् |

अहिलेसम्म प्रहरीमा कुनै उजुरी परेको छैन। कलेज प्रशासनले अभिभावकलाई डाकेर ’इमोसनल ब्ल्याकमेल’ गरेकाले प्रहरीमा उजुरी नदिइएको एक छात्राले बताइन | घटनाबारे विद्यालयले भने कुनै प्रतिक्रया दिएको छैन | ’कलेज हातामा लक्ष्मीनारायणको मन्दिरसमेत भएकाले छात्राहरूलाई लक्ष्मीनारायण सम्प्रदायको नियम मान्न भनिएको थियो |’ एक शिक्षिकाले भनिन | स्वामीनारायण सम्प्रदायमा महिनावारी भएका महिलालाई मन्दिर र भान्सामा छिर्न बन्देज गरिएको छ | उक्त क्षेत्रमा महिनावारी भएका बेला अरुलाई छुन नहुने मान्यता रहेको छ | होस्टेलमा बस्ने  ६८ जनालाई महिनावारी भए–नभएको परीक्षण गर्न अण्डरवेयर उतार्न भनिएको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने