2026-09-03 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनावारी जाँच्न छात्रालाई अण्डरवेयर खोल्न लगाएपछि…

फागुन ७, एजेन्सी | भारतको गुजरात स्थित एक कलेजले महिनावारी भए नभएको जाँच्न भन्दै छात्राहरूलाई कपडा खोल्न लगाएको छ | जरातको भुजस्थित सहजानन्द गर्ल्स कलेजका ६८ जना छात्रालाई अन्तरवस्त्र खोल्न दबाव दिइएको समाचार एजेन्सी एएनआईले जनाएको छ |

बिहिबार भएको उक्त घटनामा किशोरीहरूलाई होस्टेल रेक्टर अञ्जलिबेन र अर्की महिला शिक्षिकाले बाथरुममा लाइन लगाएर अण्डरवेयर खोल्न भनेका थिए। महिला रेक्टरले प्रिन्सिपल रिता रनिङ्गा समक्ष ’किशोरीहरूले महिनावारी नबार्ने र महिनावारी भएका बेलामा पनि भान्सामा छिरेर धार्मिक मान्यता उल्लंघन गर्ने गरेको’ गुनासो गर्दै आएकी थिइन् |

होस्टेलको नियम नमानेको भन्दै गालि गरेको र प्रिन्सिपललाई  डाकेर गालि गर्न लगाएको विद्यार्थीको गुनासो छ | प्रिन्सिपलले क–कसलाई महिनावारी भएको छ? भनेर सोधिन’, छात्रामध्येकी एक दुर्गा (नाम परिवर्तन)ले भनिन, ’हामीमध्ये महिनावारी भएका दुईजना अलग्गिएर अर्कातिर सर्यौँ |

त्यसपछि सबैलाई लाइन लगाएर बाथरुम लगिएको बताइएको छ | अञ्जलीबेन र अर्की महिला शिक्षिकाले अण्डरवेयर खोल्न लगाएको ति छात्राको भनाई छ | उक्त घटना प्रकाशित भएपछि चारैतिर आलोचना भएको छ |’आधुनिक, वैज्ञानिक र मूल्यमान्यतामा आधारित शिक्षा पद्धतिमार्फत आत्मविकास तथा शशक्तिकरण’ नारा भएको शिक्षालयमा यस्तो घटना हुनुलाई धेरैले लज्जास्पद भएको तर्क गरेका छन् |

अहिलेसम्म प्रहरीमा कुनै उजुरी परेको छैन। कलेज प्रशासनले अभिभावकलाई डाकेर ’इमोसनल ब्ल्याकमेल’ गरेकाले प्रहरीमा उजुरी नदिइएको एक छात्राले बताइन | घटनाबारे विद्यालयले भने कुनै प्रतिक्रया दिएको छैन | ’कलेज हातामा लक्ष्मीनारायणको मन्दिरसमेत भएकाले छात्राहरूलाई लक्ष्मीनारायण सम्प्रदायको नियम मान्न भनिएको थियो |’ एक शिक्षिकाले भनिन | स्वामीनारायण सम्प्रदायमा महिनावारी भएका महिलालाई मन्दिर र भान्सामा छिर्न बन्देज गरिएको छ | उक्त क्षेत्रमा महिनावारी भएका बेला अरुलाई छुन नहुने मान्यता रहेको छ | होस्टेलमा बस्ने  ६८ जनालाई महिनावारी भए–नभएको परीक्षण गर्न अण्डरवेयर उतार्न भनिएको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही