२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केही दिन वर्षा हुने

२०७६, १० फाल्गुन शनिबार ०३:१४

फागुन १०, काठमाडौं  । काठमाडौंमा शुक्रबार बेलुकादेखि वर्षा भएको छ । शनिबार र आइतबार पनि देशभर बदली रही विभिन्न भेगमा वर्षा हुने अनुमान गरिएको छ । हिउँदे वर्षाको अन्त्यतिर पश्चिमी वायुको प्रभाव बढेकाले दुई दिन विभिन्न क्षेत्रमा आंशिक बदली रहने र केही क्षेत्रमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“पश्चिमी भेगका केही स्थानमा पानी परिसकेको छ, मध्य र पूर्वका भूभागमा शुक्रबार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,” मौसमविद् मीनकुमार अर्यालले भने । मौसमविद् अर्यालले ठूलो न्यून चापीय प्रणाली नभए पनि यसले केही दिन मौसममा बदली कायम रहने जानकारी दिए ।

शनिबार यसको प्रभाव केही भेगमा कायम रहँदै आइतबारदेखि मौसममा केही सुधार आउने सङ्केत रहेको महाशाखाले जनाएको छ तर यो क्रम केही दिन कायम रही फेरि बदलीको सङ्केत आइरहेको छ । अर्को हप्ताको केही दिन फेरि बदली र हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाइएको छ ।

महाशाखाका अनुसार शुुक्रबार कतै सामान्य र कतै पूर्ण बदली भई मध्य र पूर्र्वी भेगमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुनेछ । शनिबार आंशिकदेखि सामान्य बदली अवस्था रहने र हिमाली भेगमा हिमपात हुने जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना