२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश कसैको जन्मदिनको केक होइन टुक्राटुक्रा पारेर खानलाई ! (टिप्पणी)

१२ फाल्गुन २०७६, सोमबार ०६:१४


सुनिल कुँवर | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औ जन्म दिन नेपालको नक्सा अंकित केक काटेर मनाएका छन् | आइतबार पुर्ख्योली घर तेह्रथुमको आठराई पुगेर हेलिकप्टर चार्टर गरेर १५ किलोको केक काटेर जन्मोत्सव मनाएका हुन् |

गाउँपालिकाले ओलीको जन्मोत्सवमा सार्वजनिक विदा पनि दिएको थियो भने ६ हजार जनालाई उनले भोज खुवाएका छन् | नेकपाकै आचारसंहिता उल्लङ्घन गर्दै ओलीले राजकीय शैलीमा देशको नक्सा अंकित केक काटेर जन्मोत्सव मनाएका छन् |

गत माघ ५ गते नेकपाले केन्द्रिय कमिटि बैठक बस्नु अघि कार्यकर्ताहरुमा एउटा सर्कुलर जारी गरेको थियो जसमा ११ बुँदै आचारसंहिता पालना गर्नुपर्ने बताइएको थियो | उक्त आचारसंहिताको दोस्रो बुँदामा उल्लेख गरिएको छ "जन्म दिन ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्नुपर्छ" | तर नेकपाका अध्यक्ष समेत रहेका प्रधानमत्री ओलीबाट उक्त आचारसंहिता उल्लङ्घन भएको छ | कार्यकर्तालाई परिवारमै परम्परागत संस्कारहरु सिमित गर्नुपर्ने उर्दी जारी गरेका ओली आफैले हेलिकोप्टर चार्टर गरेर १५ किलोको केक काटेर ६ हजार जनालाई भोज खुवाएका छन् |

छिमेकी राष्ट्र भारतले नेपाली भुमि कालापानी,लिम्पियाधुरा,सुस्ता औपचारिक रुपमा आफ्नो राजनीतिक नक्सामै सार्वजनिक गरिसक्दा पनि सरकार मौन छ | प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सवमा देशको नक्सा अंकित केक काटेर दिन खोजेको संदेश के हो ? एउटा बाटोमा फालेको कागजलाई कसैले वास्ता गर्दैन,तर सोहि कागजमा भगवानको मुर्ति/तस्बिर भए समात्छ अर्थात खुट्टालागेमा सलाम गरेर हिड्छ | तसर्थ राष्ट्रियता अमुर्त चिज हो, जुन हरेक राष्ट्रका नागरिकहरुमा हुन्छ त्यसैले आफ्नो देशप्रतिको स्नेहलाई सबैले सम्मान गर्छन | 

जनअभिमतबाट राष्ट्रको उच्च पदमा पुगेका प्रधानमत्रीले जनताको राष्ट्रप्रतिको लगावलाई जन्मदिनको केकको रुपमा काटेर मनाउनुलाई कदापि राम्रो मान्न सकिदैन | सर्वहारा बर्गको नेता दावी गर्नेले हेलिकोप्टर चार्टर गरेर १५ किलोको केक काट्दै ६ हजारलाईभोज खुवाउनुलाई राजकीय शैली नभनेर के भन्ने ? कंहाबाट आयो हेलिकोप्टर चार्टर गर्ने पैसा ? सरकारी सम्पतिको दुरुपयोग गर्न पाइदैन | त्यो पैसामा नेपाली जनताको एक-एक पशिना बगेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा