2026-09-19 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकले फेला पारे दुइटा ‘ह्वाईट ड्वार्फ’ विस्फोटन भएर बनेको विशाल तारा

फागुन २०, काठमाडौँ | वैज्ञानिकहरूले विस्फोटन भएर बनेको एउटा विशाल तारा पत्ता लगाएका छन् | उक्त तारा  हिउँ थुपारेर बनाइने ‘स्नोम्यान’को जस्तो देखिएको छ |  तारा हाम्रो सूर्यभन्दा गह्रौँ छ तर त्यसको व्यास पृथ्वीको दुईतिहाइजति मात्रै भएको वैज्ञानिकहरूले बताएका छन् |

उक्त खगोलीय पिण्ड दुइटा ‘ह्वाईट ड्वार्फ’ तारा जोडिएर बनेको विश्वास गरिएको छ। शक्तिशाली सुपरनोभाका रूपमा त्यस्ता ताराको विस्फोटन हुन्छ | ताराहरूको आणविक ऊर्जा सकिएपछि ह्वाईट ड्वार्फ बन्छन्। त्यसो हुँदा भित्री भाग तातो बस्छ भने वरिवरिको वायुमण्डल हराउँछ |

ताराको वायुमण्डलमा भएका गह्रौँ वस्तुहरू भित्री भागमा डुब्छन् भने हलुका वस्तु सतहमा बस्छन् | केही ह्वाईट ड्वार्फमा शुद्ध हाईड्रोजन वा हीलीअम ग्यासयुक्त वायुमण्डल हुन्छ | ताराको नाम  WDJ0551+4135  दिइएको छ |

ताराको वायुमण्डलमा  अस्वाभाविक कार्बन पाइएको बताइएको छ | वरिक विश्वविद्यालयका डा. मार्क हल्यान्ड्सका अनुसार यो खोजले सूर्यजस्ता तारा मर्ने प्रक्रियाबारे थाहा पाउन सहज हुनेछ | उनले भने, “यो ताराको सबैभन्दा चाखलाग्दो कुरा भनेको यो सुपरनोभा बनेर विस्फोट हुन नसकेको हो। यति ठूला ह्वाईट ड्वार्फ एकदमै कम छन्।”-बीबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई