असार ३१, डडेल्धुरा | डडेल्धुरा जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएका छन । प्राय बिहे गरेको दुई बर्ष भित्र सम्बन्ध बिच्छेद हुने गरेको पाईएको छ । चालु आर्थिक बर्ष २०७२/७३ मा जिल्ला अदालतमा दर्ता भएका ९१ मुद्दामा सम्बन्ध बिच्छे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, डडेल्धुरा | डडेल्धुरा जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएका छन । प्राय बिहे गरेको दुई बर्ष भित्र सम्बन्ध बिच्छेद हुने गरेको पाईएको छ । चालु आर्थिक बर्ष २०७२/७३ मा जिल्ला अदालतमा दर्ता भएका ९१ मुद्दामा सम्बन्ध बिच्छे"/>
2026-09-18 09:01 PM
डडेलधुरा - DDL

डडेल्धुरा अदातलमा सम्बन्ध बिच्छेदका मुद्दामा बृद्धि

असार ३१, डडेल्धुरा | डडेल्धुरा जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएका छन । प्राय बिहे गरेको दुई बर्ष भित्र सम्बन्ध बिच्छेद हुने गरेको पाईएको छ । चालु आर्थिक बर्ष २०७२/७३ मा जिल्ला अदालतमा दर्ता भएका ९१ मुद्दामा सम्बन्ध बिच्छेदका मात्रै २५ मुद्दा छन । 

जम्मा २५ मुद्दा मध्ये २० वटा फछर्यौट भएका छन भने पाँच वटा मुद्दालाई न्यायिक प्रक्रियामा अघि बढाईएको छ । गत बर्ष भन्दा यस बर्ष सम्बन्ध बिच्छेदका संख्यामा मुद्दा आठले बढेको जिल्ला अदालतको तथ्यांकले देखाएको छ । असार मसान्त सम्म जिल्ला अदालतले ६७ मुद्दा फछर््यौट गरेको जनाएको छ । शुक्रबार सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार ३४ मुद्दा फछर्यौट हुन बाँकी छन । दर्ता मुद्दामा सबै भन्दा बढी दुनियावादी फौजदारी मुद्दाको संख्या ३८ छ । त्यस्तै दुनियावादी देवानी मुद्दाको संख्या २४, सरकारवादी देवानी मुद्दाको संख्या २९ रहेको अदालतका श्रेस्तेदार बिष्णुराज पन्तले बताएका छन । फछर्यौट भएका दुनियावादी देवानी १५, दुनियावादी फौजदारी २९ र सरकारवादी फौजदारी २३ गरी जम्मा ६७ मुद्दा फछर््यौट भएको अदालतका तहशिलदार पुष्पराज जोशीले बताएका छन । 

अदालतको कार्य योजना अनुसार आर्थिक बर्ष २०७२/७३ मा ८४ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । जुन अनुमान भन्दा बढी ९१ मुद्दा दर्ता भएका छन । फछर्यौट लक्ष्य ६३ लिईए पनि ६७ मुद्दा वास्तविक फछर्यौट गरिएका छन । वास्तविक फछर्यौट अनुमानको तुलनामा १०६.३४ प्रतिशत रहेको अदालतको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई