८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

औषधि उत्पादक संघ भन्छ,’तीन महिनालाई पुग्‍ने औषधि छ’

२३ फाल्गुन २०७६, शुक्रबार १०:२०

फागुन ३२, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण नेपालमा आउने सम्भावित जोखिमका क्रममा नेपालमा औषधि अभाव नहुने नेपाल औषधि उत्पादक संघले बताएको छ | संघका महासचिव विप्लव अधिकारीले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै भूकम्प र नाकाबन्दीका बेला पनि देशमा ‌औषधि अभाव हुन नदिएको स्मरण गराएका छन् |

उनले नेपालालई औषधिमा आत्मनिर्भर बनाउने क्रममा एलोपेथिक औषधिका ६२ वटा उद्योगहरु सञ्‍चालनमा रहेको र अरु ४२ वटा निर्माणाधीन अवस्थामा रहेको जानकारी दिएका छन् | महासचिव अधिकारीले हाल भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाएको स्मरण गराउँदै अधिकारीले नेपालमै उत्पादित कुनै पनि औषधिको अभाव हुन नदिने बताए। 

'हाल हामीसँग तीन महिनासम्मको सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ म्याटेरिलय मौज्दात रहेको छ', उनले भने, 'चीनबाट पनि कच्चा पदार्थ आइरहेका छन्। भूकम्प, नाकाबन्दी जस्ता बिपद्को समयमा पनि हामीले औषधि अभाव हुन नदिएको सबैलाई विदितै छ।' उनले भारत र चीनबाट औषधिका कच्चा पदार्थ ल्याइरहेको बताउँदै त्यहाँबाट नआएमा अन्य देशलाई विकल्पका रुपमा रोजिने पनि जानकारी दिए |

बिपदमा मात्रै सरकारले औषधिको महत्व बुझ्ने गरेको संघको गुनासो छ। महासचिव अधिकारीले ७५ प्रतिशत औषधिका लागि विदेशी कम्पनीलाई गुनासो गर्नु आवश्यक नरहेको पनी स्पष्ट पारेका छन्।  'अधिकांश औषधि नेपालमै उत्पादन भइरहेका छन्। विदेशी कम्पनीलाई अनुनय बिनय र आग्रह गर्नुपर्दैन', अधिकारीले भनेका छन्, 'हामी निजी उद्योगीहरुसँग सरकारले सहकार्य र सहयोग गरे मात्रै पुग्छ।  संघले नीतिगतरुपमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन खोज्ने सरकारले व्यवहारमा विदेशी कम्पनीलाई हारगुहार गरेर स्वदेशी उद्योगीलाई निराश बनाइरहेको पनि गुनासो गरेका छन्। 

'नेपाल सरकारको उच्च संयन्त्रलाई आग्रह गर्न चाहन्छौं। हामी नेपालमा उत्पादन हुने कुनै पनि औषधि अभाव हुन दिने छैनौं', अधिकारीले भने,' 'सरकारले विदेशी गुहार्नुपर्दैन। नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पुर्‍याउन तत्पर र सक्षम पनि छौं।' संघले अहिलेको जटिल अवस्थामा सचेत भइ बजारलाई अनावाश्यक उत्तेजित हुन नदिन पनि सर्वसाधरण र पत्रकारहरुलाई अपिल गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ