2026-07-26 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

औषधि उत्पादक संघ भन्छ,’तीन महिनालाई पुग्‍ने औषधि छ’

फागुन ३२, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण नेपालमा आउने सम्भावित जोखिमका क्रममा नेपालमा औषधि अभाव नहुने नेपाल औषधि उत्पादक संघले बताएको छ | संघका महासचिव विप्लव अधिकारीले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै भूकम्प र नाकाबन्दीका बेला पनि देशमा ‌औषधि अभाव हुन नदिएको स्मरण गराएका छन् |

उनले नेपालालई औषधिमा आत्मनिर्भर बनाउने क्रममा एलोपेथिक औषधिका ६२ वटा उद्योगहरु सञ्‍चालनमा रहेको र अरु ४२ वटा निर्माणाधीन अवस्थामा रहेको जानकारी दिएका छन् | महासचिव अधिकारीले हाल भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाएको स्मरण गराउँदै अधिकारीले नेपालमै उत्पादित कुनै पनि औषधिको अभाव हुन नदिने बताए। 

‘हाल हामीसँग तीन महिनासम्मको सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ म्याटेरिलय मौज्दात रहेको छ’, उनले भने, ‘चीनबाट पनि कच्चा पदार्थ आइरहेका छन्। भूकम्प, नाकाबन्दी जस्ता बिपद्को समयमा पनि हामीले औषधि अभाव हुन नदिएको सबैलाई विदितै छ।’ उनले भारत र चीनबाट औषधिका कच्चा पदार्थ ल्याइरहेको बताउँदै त्यहाँबाट नआएमा अन्य देशलाई विकल्पका रुपमा रोजिने पनि जानकारी दिए |

बिपदमा मात्रै सरकारले औषधिको महत्व बुझ्ने गरेको संघको गुनासो छ। महासचिव अधिकारीले ७५ प्रतिशत औषधिका लागि विदेशी कम्पनीलाई गुनासो गर्नु आवश्यक नरहेको पनी स्पष्ट पारेका छन्।  ‘अधिकांश औषधि नेपालमै उत्पादन भइरहेका छन्। विदेशी कम्पनीलाई अनुनय बिनय र आग्रह गर्नुपर्दैन’, अधिकारीले भनेका छन्, ‘हामी निजी उद्योगीहरुसँग सरकारले सहकार्य र सहयोग गरे मात्रै पुग्छ।  संघले नीतिगतरुपमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन खोज्ने सरकारले व्यवहारमा विदेशी कम्पनीलाई हारगुहार गरेर स्वदेशी उद्योगीलाई निराश बनाइरहेको पनि गुनासो गरेका छन्। 

‘नेपाल सरकारको उच्च संयन्त्रलाई आग्रह गर्न चाहन्छौं। हामी नेपालमा उत्पादन हुने कुनै पनि औषधि अभाव हुन दिने छैनौं’, अधिकारीले भने,’ ‘सरकारले विदेशी गुहार्नुपर्दैन। नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पुर्‍याउन तत्पर र सक्षम पनि छौं।’ संघले अहिलेको जटिल अवस्थामा सचेत भइ बजारलाई अनावाश्यक उत्तेजित हुन नदिन पनि सर्वसाधरण र पत्रकारहरुलाई अपिल गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ