सोनु कुमार सुनार | साउन १,कपिलवस्तु Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सोनु कुमार सुनार | साउन १,कपिलवस्तु
२० चैत्र २०८१, बुधबार
कपिलवस्तु - KPL

ससमृद्ध नेपाल निर्माणको लागी राष्ट्रिय युवा अभियानः अध्यक्ष शाही

१ श्रावण २०७३, शनिबार १४:०९

सोनु कुमार सुनार | साउन १,कपिलवस्तु । नयाँ शक्ति नेपाल पार्टी निकट राष्ट्रिय युवा अभियान कपिलवस्तुको प्रथम जिल्ला भेला आज तौलीहवामा सम्पन्न भएको छ ।

भेलाले जि.एन पाण्डेको अध्यक्षतामा ७१ सदस्यिय नयाँ कार्यसमिती चयन गरेको छ । कार्यक्रम मा बोल्दै राष्ट्रिय युवा अभियानका केन्द्रिय अध्यक्ष कमल शाहीले अहिले सम्मका राजनितीक दलले युवालाई सत्तामा पुग्ने साधन बनाएको तर कार्यकारी भुमिका बाट बञ्चित गरेको बताउँदै  समृद्ध राष्ट्र निर्माण का लागी आफ्नो संगठन को स्थापना भएको बताउनु भयो ।

त्यस्तै नयाँ शक्ति नेपाल केन्द्रिय परिषद सचिवालय सदस्य विष्णु हरी शर्माले राजनिती र दर्शन सधै अपरिवर्तनिय हुन नसक्ने बताउनु भयो , दिन पछी रात आउने भएकाले रातलाई पनी दिन भन्न नसकीने भएकाले माक्र्सबाद अपरिवर्तनिय हुनै नसक्ने उहाको जिकीर थियो ।

कार्यक्रममा नयाँशक्ति नेपाल जिल्ला संयोजक नारायण खनाल , केन्द्रिय परिषद सदस्यहरु अब्दुल मोमिन मुसलमान राम लौटन तिवारी ,इलीयाज मुसलमान , पाँच नम्बर प्रदेश सदस्य सुरेन्द्र तिवारी , राष्ट्रिय युवा अभियान का केन्द्रिय प्रवक्ता टेकेन्द्र जोशी , प्रशिक्षण विभाग प्रमुख सौगात पोख्रेल ,विदेश विभाग प्रमुख शंकर भण्डारी ,केन्द्रिय सचिवालय सदस्य पंकज राई  लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो ।

नेपाल प्रेस सोसाइटी का केन्द्रिय सदस्य मनिकर कार्की र रमेश पोखे्रलको समेत उपस्थिती रहेको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी युनियन का जिल्ला अध्यक्ष अव्दुल करिम गद्धी ले राख्नुभएको थियो , एस.के स्मिथको संचालन रहेको कार्यक्रमको  अध्यक्षता जि.एन पाण्डेले गर्नुभएकोे थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ