Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भोलीदेखि हुने भनिएको एसईई परीक्षा स्थगित

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

चैत ५, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

केहि बेर अघि मात्र सोहि बैठकले विश्वव्यापी रुपामा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९) बाट बच्नका लागि सरकारले गरेका निर्णयहरु सार्वजनिक गरेको थियो जसमा एसईमा उच्च सतर्कता अपनाउने उल्लेख थियो |

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने बारेमा भने सरकारले कुनै जानकारी दिएको छैन ।

यस पटकको परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए । त्यसमध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए । सबै ठाउँमा एसईईको तयारी पुरा भई बिहिबारदेखि परीक्षा हुन लागेको पूर्व सन्ध्यामा सरकारले कोरोनाको संक्रमणलाई मध्ये नजर गर्दै परीक्षा रोकेको बुझिएको छ ।

बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि  उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।

यसअघि भएको निर्णय यहाँ क्लिक गरि हेर्नुहोस्

यस अघि बसेको बैठकको निर्णय अनुसार सरकारले कोरोनाभाइरस संक्रमणभइ उपचार गर्नुपरेमा त्यस्ता विरामीहरुलाई स्वास्थ्य तथा जनसख्या मन्त्रालयले तोकेको सरकारी,सामुदायिक तथा निजि अस्पतालहरुबाट उपचार गराउने व्यवस्था गराउने भएको छ ।

त्यस्तै सरकारले सिनेमाहल,सांस्कृतिक केन्द्रहरु,रंगशाला,खेलस्थल,जिम,हेल्थ क्लब,म्युजियम,स्विमिङ पुल,मनोरंजल स्थलहरु, डान्सबार तथा क्लबहरुलाई अप्रिल ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ |

सो कुरा भए, नभएको हेर्नका लागि गृह मन्त्रालय,सांस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्रालय,सूचना प्रविधि तथा संचार मन्त्रालयले अनुगमन गर्ने छन् | सरकारले आवश्यक कामबाहेक आवत-जावत,हिड्डुल नगर्न सुझाव दिएको छ | सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढीको भेला नगर्न सुझाव दिएको छ | सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न यातायात व्यवसायीहरुलाई भनेको छ |

सरकारले कोरोना प्रभावित सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको छ | ति मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको हो |

उक्त निर्णयको दश नम्बर बुंदामा भनिएको छ,‘युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू,इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने,’ उल्लेख छ |

त्यस्तै समितिले चैत मसान्तसम्मका लागि सबै तहका विद्यालय र विश्वविद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ |