२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड १९: मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट

२०७६, १० चैत्र सोमबार ०३:३०

वासुदेव पौडेल | चैत १०, पोखरा | सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले  उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना भाइरस)  को सम्भावित जोखिमको  प्रत्यक्ष असरमा परेको छ ।

सधैँजसो चहलपहल हुने गरेको यहाँको बिन्ध्यवासिनी मन्दिरमा यतिखेर अत्यन्त कम सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । सो भाइरसको जोखिमको असर बिन्ध्यवासिनी मन्दिरमा पनि प्रत्यक्ष देखिएको बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

औषतमा दैनिक तीन हजार तीर्थालुले दर्शन गर्ने सो मन्दिरमा केही दिनयता फाट्टफुट्ट मात्रै दर्शनार्थी आउने गरेको उहाँले बताउनुभयो । समितिले मन्दिरमा दैनिक पूजाआजा नरोके पनि परिसरमा सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्र र गुरुकुल भने बन्द गरिसकेको छ । सो भाइरसको जोखिमलाई दृष्टिगत गर्दै पशुबलिका साथै परेवा उडाउन बन्द गरेको छ । सामुदायिक प्रहरीसमेतको सहयोगमा फूलप्रसाद बेच्ने स्थानबाट परेवा बिक्री वितरण गर्न पनि रोक लगाइएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । 

“केही दिनयता मन्दिरमा दर्शनार्थीको आगमन कम छ, जोखिमका कारण दर्शनार्थी कम भएको सम्भवतः पहिलोपटक नै होला”, उहाँले भन्नुभयो, “२०७२ सालको भूकम्पपछि लगातार गइरहेका परकम्पको प्रभावका कारण त्यो बेला पनि मन्दिरमा दर्शनार्थीको आगमन घटेको थियो ।” 

प्रत्येक शनिबार अत्यधिक भीडभाड हुने बिन्ध्यवासिनी मन्दिरमा गत शनिबार अत्यन्त कम सङ्ख्यामा दर्शनार्थी देखिएको उहाँले जानकारी दिनुभयो । मन्दिरमा प्रत्येक शनिबार गर्दै आइएको विशेष आरती पनि रोकिएको छ । पोखरा हिमालपारिको जिल्ला मुस्ताङस्थित धार्मिक एवं ऐतिहासिक तीर्थस्थल मुक्तिनाथ जाने मुख्य नाका पनि हो । आइतबारदेखि मुक्तिनाथ मन्दिर सहित गुम्बा एवं कागबेनीघाट श्राद्धस्थलमा तीर्थयात्री प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ ।

यहाँको बिन्ध्यवासिनी मन्दिरसहित तालबाराही, भद्रकाली, गुप्तेश्वर महादेव, विश्व शान्ति स्तूप, शोभा भगवती, केदारेश्वर महादेवलगायतका दर्जनौँ धार्मिक पर्यटकीयस्थल छन् । मल्लकालीन समयदेखि नै अस्तित्वमा रहेका यहाँका प्रसिद्ध कास्कीकोट, पुम्दीकोट, भरतपोखरीको कोटभैरव, निर्मल पोखरीको फोक्सिङकोट, लेखनाथको ठूलाकोटजस्ता धेरै ऐतिहासिक धार्मिकस्थल पनि यहाँ छन् । 

प्रत्येक दिन बिहान पदयात्रा गर्नेको आकर्षक गन्तव्य बनेको यहाँको भद्रकाली मन्दिरमा केही दिनयता दर्शनार्थीको आगमन सुस्ताएकोे श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका सचिव योगेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरको नियमित पूजाआजा नरोकिए पनि सम्भाव्य जोखिमलाई दृष्टिगत गरी दर्शनार्थी आउन छोडेको उहाँले बताउनुभयो ।

“मन्दिरमा दर्शन गर्न आउनेलाई पनि सकेसम्म एकअर्कामा नजिक नभई पूजा गरेर चाँडो फर्कन भनेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य सचेतना एवं सहयोगका लागि मन्दिर परिसरमा रहेका धारामा साबुनपानी राखेर हात धुने व्यवस्था मिलाएका छौँ ।” बिहान पदयात्रा गर्दै मन्दिर परिसरमा पुग्नेलाई पनि आआफ्नो स्वास्थ्यप्रति सजग रहँदै सम्भावित जोखिमबाट बच्न उहाँले आग्रह गर्नुभयो ।

सधैँजसो चहलहपल हुने फेवातालसहित तालको बीचमा रहेको तालबाराही मन्दिरमा पुग्ने धार्मिक पर्यटकको आगमन दिनानुदिन घट्दै गएपछि आइतबारदेखि डुङ्गा व्यवसायीले डङ्गा आवतजावत बन्द गराएका छन् । पर्यटकको सङ्ख्या घटेकोे र यात्रुलाई डुङ्गाबाट आवतजावत गराउँदा भीडभाड हुने भए पछि डुङ्गा सञ्चालन सेवा अनिश्चितकालका लागि बन्द गरिएको फेवाताल डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले जानकारी दिनुभयो । 

पछिल्ला महिना यहाँको पर्यटनमा नै आकर्षण बनेको फेवाताल किनारस्थित तालबारही घाटको नियमित आरती सेवा बन्द गरिएको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरिराज अधिकारीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित