२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरको कोरोना विशेष अस्थाई अस्पतालमा बिरामीको मृत्युपछि अस्पतालद्वारा विज्ञप्ति जारी

२०७६, ११ चैत्र मंगलवार ०९:१९

चैत ११, चितवन | चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा एक जना व्यक्तिको आज बिहान ९ बजे मृत्यु भयो । यो समाचार बाहिरिए पछि धेरैलाई कोरोनाकै कारण मृत्यु भएको हो भन्ने त्रास जागेको पाइएको छ । 

कोरोनाको आशंका गरि अस्थाई अस्पताल पठाइएका व्यक्तिको मृत्यु भएपछि त्यसको बिषयमा अस्थाई अस्पतालले बिज्ञप्ति जारी गर्दै कोरोनाकै कारण बिरामीको ज्यान गएको पुष्टि नभएको जनाएको छ । अस्थाई अस्पतालले मृतक चितवन मेडिकल कलेजबाट रिफर गरिएको बिरामी भएको जनाएको छ । 


मंगलबार जारी विज्ञप्ति अनुसार मृतक वीरगन्ज महानगरपालिका २२ स्थित जगन्नाथपुरका ३० वर्षीय  सन्तोष यादव हुन् । उनी पहिलेदेखि नै लुपुस भन्ने रोगले मिर्गौला समेत समस्या देखिएका बिरामी रहेको र गत चैत ९ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना भाइरसको आशंका देखिएपछि सोमबार राति कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो । 

बिज्ञप्ति अनुसार यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भइ चितवन मेडिकल कलेजबाट रिफर भएका थिए । उनलाई सोमबार कोभिड १९ को आशंका देखिएको भन्दै अस्थाई अस्पताल भर्ना गरिएको थियो । विरामीको स्वाब (नमुना कलेक्सन) १० गते (सोमबार) नै काठमाडौं पठाइएको थियो । जुन रिपोर्ट आउन बाँकी छ ।

अस्थाई अस्पतालमा उपचाररत उनलाई आज बिहान साढे ९ बजे  चिकित्सकले मृत घोषित गरेका थिए । स्वावको रिपोर्ट आउन बाँकी रहेकाले मृत शरीरलाई रिपोर्ट नआउन्जेल आइसोलेसनमा रााखएको अस्पतालले जानकारी दिएको छ । 

हेर्नुहोस् यस्तो छ विज्ञप्ति


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा