२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

१२ चैत्र २०७६, बुधबार १६:२०

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था कायम गर्न सहज भएको सुरक्षा निकायले जानकारी दिएको छ । 

ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा भने सडकमा मानिसको ओहोरदोहोर प्रायः सून्य जस्तै देखिन्थ्यो । ग्रामीण भेगमा खुलेका खाद्यन्न तथा तरकारी पसलमा बिहानदेखि नै सर्वसाधारण पुगेका थिए । संधैजसो नियमित कामका लागि सबेरै निस्कने अनि दिनभरको काम गरेर घर पुग्ने कर्मचारी, उद्योगी र व्यवसायी भने दिनभर घरैमा बस्नु परेकामा पट्यार मानिरहेका थिए । यद्यपी परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ राख्न योगदान पुर्याउने बाध्यात्मक अवस्थका कारण घरमै बसेर पुस्तक पढ्ने, टेलिभिजन हेर्ने तथा अन्यघरासी काममा समय बिताएका थिए ।

सरकारले औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन चलेनन् । केहीले अत्यावश्यक काम विशेषले चलाएका निजी सवारी साधनलाई आवश्यकता मूल्यांकनका आधारमा सुरक्षा निकायले अनुमति दिइएको थियो । रासस

Photo: Anil Adhikari/ SajhaSabal

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान