साउन २,ओखलढुंगा |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २,ओखलढुंगा | 
२१ मंसिर २०८२, शनिबार
ओखलढुङ्गा - OKL

ओखलढुंगाका तिन पत्रकारहरुद्धारा खाजा खर्च जोगाएर पत्रिका प्रकाशन सुरु

२ श्रावण २०७३, आईतवार १४:१०

साउन २,ओखलढुंगा | समुदायको विकासका लागि भन्दै ओखलढुंगाका तिन जना पत्रकारहरुले खाजा खर्च जोगाएर पत्रिका प्रशासन सुरु गर्नुभएको छ । पत्रकारहरु पूर्णप्रसाद न्यौपाने,रविन श्रेष्ठ र एसबी जेरोले आफुहरुले दैनीक खाने खाजा खर्च जोगाएर भिजन नेपाल ओखलढुंगा नामको पत्रिका प्रकाशन सुरु गर्नुभएको हो ।

जिल्लामा एउटा पनि पत्रिका नियमित प्रकाशनमा आउन नसकेको अवस्थामा समाजको विकास र परिवर्तनमा टेवा पुर्याउने उद्धेश्यले साप्ताहिक खबर पत्रिका प्रकाशन सुरु गरिएको भिजन नेपाल ओखलढुंगाका प्रबन्ध निर्देशक पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । जिल्लामा अहिले सम्म एउटा पनि प्रेस नभएको र पत्रपत्रिकामा सुचना तथा विज्ञापन दिने र पत्रिका किनेर पढ्ने समेत बानीको विकास नभएकाले आफुहरुले खाजा खर्च बापतको रकम जम्मा गरेर पत्रिका प्रकाशन सुरु गरेको उहाँको भनाई छ ।

उक्त पत्रिकाको पहिलो अंक सार्वजनिक तथा विमोचन समेत भईसकेको छ । पत्रिका सार्वजनिक गर्दै व्यवस्थापक रविन श्रेष्ठले सुचना विज्ञापन दिन र पत्रिका किनेर पढि दिन सबैलाई आग्रह गर्नुभयो । ओखलढुंगामा ११ वटा पत्रपत्रिका दर्ता भएको भएपनि एउटा पनि पत्रपत्रिका नियमीत प्रकाशनमा आउन नसकेको अवस्थामा आफुहरुले सबैको साथ लिएर अघि बढ्ने योजना बनाएको सम्पादक एसबी जेरोले बताउनुभयो । पत्रिका विमोचन कार्यक्रमका सबैजसो वत्ताहरुले सत्य र तथ्यमा रहेर निष्पक्ष भई पत्रिका नियमीत प्रकाशन गर्न आग्रह गर्दै जस्तो सुकै सहयोग गर्न आफुहरु तयार रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रुद्र अधिकारी,एमाले जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र माओवादी नेता शर्मा लगाएतका राजनैतीक दलका अगुवाहरुले पनि यस अघिका पत्रपत्रिकाहरु जिल्लामा निरञ्तर प्रकाशनमा आउन नसक्नु दुःखद् भएको भन्दै भिजन नेपाल निरञ्तर प्रकाशनमा ल्याउन आफुहरुले सबैखाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पत्रिका विमोचन कार्यक्रमका विषेश अतिथी एवम् पत्रकार महासंघका जिल्ला सचिव कुम्भराज राईले पत्रकारीता जगतमा धेरै चुनौती र थोरैमात्रै सम्भावनाहरु रहेको बताउनुभयो । सरोकारवालाहरुले प्रतिवद्धता जनाए अनुसार सहयोग गर्न सके पत्रपत्रिका नियमीत प्रकाशनमा आउन सक्ने उहाँको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भिजन नेपाल पत्रिका प्रकाशनमा रहेको न्यौपाने,श्रेष्ठ र जेरो लगाएतको टिम आशलाग्दो रहेको भन्दै पत्रिका अब निरञ्तर प्रकाशन हुने विश्वास व्यक्त गर्नुभयो । जिल्लाको पत्रकारीताको विकासका लागि जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

जिल्लामा एधारौँ नम्बरमा दर्ता भएको भिजन नेपाल ओखलढुंगा साप्ताहिकले जिल्लाका बढि भन्दा बढि विषय वस्तु उठान गर्ने बताईएको छ । हरेक अंकमा ओखलढुंगाका खबरहरु मात्रै प्राथकिमताका साथ प्रकाशन गरिने पत्रिकाले जनाएको छ ।  ओखलढुंगामा पत्रकारीताको विकास पत्रपत्रिकाको निरञ्तरताका लागि विगत देखि नै निकै चासो र चिन्ता व्यक्त गर्ने गरिएको भएपनि अपेक्षीत विकास र परिवर्तन हुन सकेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की