साउन ३, काठमाडौं | हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कविहीन भएको छ। दी गोर्खाज युकेले प्रस्ताव पेस नगरेपछि लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ। न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, काठमाडौं | हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कविहीन भएको छ। दी गोर्खाज युकेले प्रस्ताव पेस नगरेपछि लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ। न"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

हावाबाट बिजुली निकाल्न प्रस्ताव गर्ने कम्पनीनै बेपत्ता

३ श्रावण २०७३, सोमबार ०१:४८

साउन ३, काठमाडौं | हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कविहीन भएको छ। दी गोर्खाज युकेले प्रस्ताव पेस नगरेपछि लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको ११ माघको बैठकले हावाबाट बिजुली उत्पादन गर्न तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गर्न दी गोर्खाज युकेलाई निर्देशन दिएको थियो। बोर्डले निर्देशन दिएको ६ महिना पुग्ने वेलासम्म कम्पनीले डिपिआर पेस गरेको छैन। 

कम्पनीका सञ्चालक नै सम्पर्कमा नरहेको बोर्डका प्रवक्ता सहसचिव रवि भट्टराईले बताए। ‘डिपिआर पेस गर्न दिएको समयसीमा कम्पनीले गुजारिसकेको छ, कम्पनीका व्यक्ति नै सम्पर्कमा छैनन्,’ भट्टराईले भने,‘हावाबाट बिजुली निकाल्न त्यो कम्पनीलाई दिनेबारे यसअघिको निर्णय खारेजीका लागि बोर्ड बैठकमा पेस गर्दै छौँ।’

प्रधानमन्त्री केपी ओलीले सो कम्पनीकै भनाइकै आधारमा हावाबाट बिजुली निकाल्ने भाषण गरेका थिए। प्रधानमन्त्री ओलीनजिकका व्यवसायी वसन्त भुजेलले हावाबाट बिजुली निकाल्ने निवेदन दिएका थिए। भुजेलको कम्पनी दी गोर्खाज् युकेले पहिलो चरणमा तीन सय र तीन वर्षमा तीन हजार मेगावाटसम्म वायु ऊर्जा उत्पादन गर्ने आशयको निवेदन बोर्डमा दिएको थियो। 

मन्त्रिपरिषद्को १७ पुसको बैठकले कम्पनीले पेस गरेको र आगामी दिनमा सय मेगावाटभन्दा माथि हावाबाट बिजुली निकाल्न आउने प्रस्तावलाई बोर्डमार्फत अगाडि बढाउने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले हावाबाट बिजुली निकाल्ने प्रस्ताव आफौ अध्यक्ष रहेको लगानी बोर्डबाट कार्यान्वयन गर्ने निर्णय गराएका थिए। 

बोर्ड स्रोतले हावाबाट बिजुली ‘हावाजस्तै’ भएको बतायो। स्रोतले भन्यो,‘कम्पनी पनि हावा नै रहेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार